पहिरोमा पुरिएका वडा सदस्य दम्पतीको शव निकालियो

जाजरकोट । जिल्लाको बारेकोट गाउँपालिका ६ धुमामा पहिरोले घर पुर्दा पुरिएका वडा सदस्य दम्पतीको शव निकालिएको छ । गाउँपालिका अध्यक्ष वीरबहादुर गिरीका अनुसार वडा सदस्य दम्पतीको शव आइतबार बिहान निकालिएको हो । गएराति आएको पहिरोले घर पुरिँदा बारेकोट गाउँपालिका ६ की महिला वडा सदस्य ३८ वर्षीया प्रेमकुमारी चलाउनेको घर पुरिएको थियो । जहाँ पति-पत्नीसमेत पुरिएका […]

Sep 8, 2024 - 07:11
 0
पहिरोमा पुरिएका वडा सदस्य दम्पतीको शव निकालियो

जाजरकोट । जिल्लाको बारेकोट गाउँपालिका ६ धुमामा पहिरोले घर पुर्दा पुरिएका वडा सदस्य दम्पतीको शव निकालिएको छ ।

गाउँपालिका अध्यक्ष वीरबहादुर गिरीका अनुसार वडा सदस्य दम्पतीको शव आइतबार बिहान निकालिएको हो । गएराति आएको पहिरोले घर पुरिँदा बारेकोट गाउँपालिका ६ की महिला वडा सदस्य ३८ वर्षीया प्रेमकुमारी चलाउनेको घर पुरिएको थियो । जहाँ पति-पत्नीसमेत पुरिएका थिए ।

बारेकोट गाउँपालिका ६ का वडाध्यक्ष डम्बरबहादुर महताराले पहिरोले घर पुरिँदा वडा सदस्य प्रेमकुमारी र उनका पतिको मृत्यु भएको बताए ।

यस्तै पहिरोमा पुरिएकी उनीहरूकी १९ वर्षीया छोरी सम्झना चलाउनेको उद्धार गरेर नेपाली सेनाको हेलिकप्टरमार्फत प्रदेश अस्पताल कालागाउँ पठाइएको छ । उनी उपचाररत छिन् ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register