खाना पकाउँदा अपनाउनुहोस् यी विधि, हुनेछ कम तेलको प्रयोग

काठमाडौं । आजभोलिको व्यस्त जीवनशैलीमा स्वस्थ खानपानको महत्त्व बढ्दै गएको छ । विशेषज्ञहरूका अनुसार तरकारी पकाउँदा तेलको मात्रा सही हुनु अत्यन्त महत्त्वपूर्ण छ । एक व्यक्तिको दैनिक खानामा लगभग २ देखि ३ चम्चा अर्थात् ३० देखि ३५ मिलिलिटर तेल प्रयोग गर्नु उपयुक्त हुन्छ । तरकारी पकाउँदा प्रतिव्यक्ति १ चम्चा अर्थात् १५ मिलिलिटर तेलको प्रयोग गर्नु […]

Aug 28, 2024 - 11:39
 0
खाना पकाउँदा अपनाउनुहोस् यी विधि, हुनेछ कम तेलको प्रयोग

काठमाडौं । आजभोलिको व्यस्त जीवनशैलीमा स्वस्थ खानपानको महत्त्व बढ्दै गएको छ । विशेषज्ञहरूका अनुसार तरकारी पकाउँदा तेलको मात्रा सही हुनु अत्यन्त महत्त्वपूर्ण छ ।

एक व्यक्तिको दैनिक खानामा लगभग २ देखि ३ चम्चा अर्थात् ३० देखि ३५ मिलिलिटर तेल प्रयोग गर्नु उपयुक्त हुन्छ ।

तरकारी पकाउँदा प्रतिव्यक्ति १ चम्चा अर्थात् १५ मिलिलिटर तेलको प्रयोग गर्नु राम्रो मानिन्छ । यद्यपि यो मात्रा व्यक्तिको उमेर, शारीरिक अवस्था र स्वास्थ्य अवस्था अनुसार फरक हुन सक्छ । आज हामी कसरी कम तेलको प्रयोग गर्ने भन्नेबारे बताउनेछौँ-

कम तेलमा भुट्ने वा बाफमा पकाउने विधि 

यो विधिले तेलको प्रयोग कम गर्दै खानाको पोषण कायम राख्न मद्दत गर्छ । कम तेलमा भुट्दा, तपाईंले थोरै तेल प्रयोग गरेर पनि खानाको स्वाद र बनावट कायम राख्न सक्नुहुन्छ ।

बाफमा पकाउँदा तेलको आवश्यकता पर्दैन, जसले गर्दा क्यालोरी कम हुन्छ र खानाको प्राकृतिक स्वाद र पोषक तत्त्वहरू संरक्षित रहन्छन् ।

स्वस्थ तेलको प्रयोग

जैतुन तेल, सूर्यमुखी तेल वा तोरीको तेलहरूमा स्वास्थ्यका लागि फाइदाजनक फ्याटी एसिडहरू हुन्छन् । जैतुन तेलमा एन्टीअक्सिडेन्टहरू र मोनोअनस्याचुरेटेड फ्याट्स हुन्छन्, जसले मुटु रोगको जोखिम कम गर्न मद्दत गर्छ । सूर्यमुखी तेल भिटामिन ई को राम्रो स्रोत हो, जबकि तोरीको तेलमा ओमेगा–३ फ्याटी एसिड पाइन्छ । यी तेलहरूले शरीरलाई आवश्यक पोषक तत्त्वहरू प्रदान गर्दै स्वास्थ्यलाई फाइदा पुर्‍याउँछन् ।

नन–स्टिक भाँडाको प्रयोग 

नन–स्टिक भाँडाको पिँधमा खाना टाँसिँदैन, त्यसैले यसमा खाना पकाउन कम तेलको आवश्यकता पर्छ । यसले तपाईंलाई स्वस्थ खाना बनाउन मद्दत गर्नुका साथै भाँडा सफा हुन्छ ।

तर, नन–स्टिक भाँडा प्रयोग गर्दा उच्च तापक्रम नराख्ने र धातुका औजारहरू प्रयोग नगर्ने कुरामा ध्यान दिनुपर्छ, किनभने यसले भाँडाको पिँधलाई क्षति पुर्‍याउन सक्छ ।

यी विधिहरू अपनाएर, तपाईंले आफ्नो खानामा तेलको मात्रा घटाउन सक्नुहुन्छ । जसले स्वस्थ जीवनशैली कायम राख्न मद्दत गर्नेछ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register