पहिरोमा पुरिएका दम्पतीको शव निकालियो

जाजरकोट । जिल्लाको बारेकोट गाउँपालिका ६ धुमामा पहिरोले घर पुर्दा हराएका वडा सदस्य र उनका श्रीमान्‌को शव निकालिएको छ । शनिबार राति आएको पहिरोले घर पुर्दा बारेकोट गाउँपालिका ६ की महिला वडा सदस्य ३८ वर्षीया प्रेमकुमारी चलाउने र उनका श्रीमान् मानबहादुर समेत पुरिएका थिए । गाउँपालिका अध्यक्ष वीरबहादुर गिरीका अनुसार दुवैको शव आइतबार बिहान निकालिएको […]

Sep 8, 2024 - 07:59
 0
पहिरोमा पुरिएका दम्पतीको शव निकालियो

जाजरकोट । जिल्लाको बारेकोट गाउँपालिका ६ धुमामा पहिरोले घर पुर्दा हराएका वडा सदस्य र उनका श्रीमान्‌को शव निकालिएको छ ।

शनिबार राति आएको पहिरोले घर पुर्दा बारेकोट गाउँपालिका ६ की महिला वडा सदस्य ३८ वर्षीया प्रेमकुमारी चलाउने र उनका श्रीमान् मानबहादुर समेत पुरिएका थिए ।

गाउँपालिका अध्यक्ष वीरबहादुर गिरीका अनुसार दुवैको शव आइतबार बिहान निकालिएको हो ।

यस्तै पहिरोमा पुरिएकी उनीहरूकी १९ वर्षीया छोरी सम्झना चलाउनेको उद्धार गरेर नेपाली सेनाको हेलिकप्टरमार्फत प्रदेश अस्पताल कालागाउँ पठाइएको छ । उनको अहिले उपचार भइरहेको छ ।

 

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register