वरिष्ठ पत्रकार नरेन्द्रप्रसाद उपाध्यायको निधनप्रति महासंघद्वारा दुःख व्यक्त 

काठमाडौँ। वरिष्ठ पत्रकार नरेन्द्रप्रसाद उपाध्यायको निधनप्रति नेपाल पत्रकार महासंघले  दुःख व्यक्त गरेको छ। आइतबार महासंघले  विज्ञप्ति जारी गर्दै उपाध्यायको निधनप्रति  दुःख व्यक्त गरेको हो।  १० दिनदेखि क्यालिफोर्नियास्थित अस्पतालमा उपचाररत रहेका उपाध्यायको  ८४ वर्षको उमेरमा अस्पतालमा उपचारकै क्रममा आइतबार निधन भएको हो।  महासंघले उपाध्यायको निधनबाट नेपाली पत्रकारिता जगतले एक जना अनुभवी, निर्भीक र व्यावसायिक पत्रकारलाई गुमाएको […]

Sep 8, 2024 - 09:09
 0
वरिष्ठ पत्रकार नरेन्द्रप्रसाद उपाध्यायको निधनप्रति महासंघद्वारा दुःख व्यक्त 

काठमाडौँ।

वरिष्ठ पत्रकार नरेन्द्रप्रसाद उपाध्यायको निधनप्रति नेपाल पत्रकार महासंघले  दुःख व्यक्त गरेको छ। आइतबार महासंघले  विज्ञप्ति जारी गर्दै उपाध्यायको निधनप्रति  दुःख व्यक्त गरेको हो। 

१० दिनदेखि क्यालिफोर्नियास्थित अस्पतालमा उपचाररत रहेका उपाध्यायको  ८४ वर्षको उमेरमा अस्पतालमा उपचारकै क्रममा आइतबार निधन भएको हो। 

महासंघले उपाध्यायको निधनबाट नेपाली पत्रकारिता जगतले एक जना अनुभवी, निर्भीक र व्यावसायिक पत्रकारलाई गुमाएको जनाएको छ। 

  २०२६ सालदेखि ज्योति साप्ताहिकबाट पत्रकारिता सुरु गरेका उपाध्यायले तीन दशकभन्दा लामो समय सम्पादनको जिम्मेवारीमा रहेर उक्त साप्ताहिकलाई निरन्तरता दिएका थिए। त्यसपछि उनले आफ्नै सम्पादनमा अंग्रेजी भाषामा टेलिग्राफ साप्ताहिकको प्रकाशन सुरु गरेका थिए  । 

 उपाध्यायको लेखहरू भारत, नेपाल र दक्षिण एसियाली क्षेत्रीबीचको भूराजनीतिक तनाब र पाकिस्तानलाई क्षेत्रीय शक्ति मान्नु पर्ने आवश्यकतामाथि केन्द्रित थिए । 

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register