विवाहको ६ वर्षपछि दीपिका र रणवीर बने आमाबुबा

काठमाडौं । दीपिका पादुकोण र रणवीर सिंह अन्ततः आमा–बुबा बनेका छन् । बलिउड अभिनेत्री दीपिका पादुकोणले आइतबार (८ सेप्टेम्बर २०२४) मा लक्ष्मी अर्थात् छोरीलाई जन्म दिएकी छिन् । छोरीको आगमनले दीपिका पादुकोण र रणवीर सिंह दुवैको परिवार निकै खुसी छ । दीपिका पादुकोण अस्पतालमा भर्ना हुनु अघि मुम्बईको प्रतिष्ठित सिद्धिविनायक मन्दिरमा भगवान् गणेशको आशीर्वाद लिन […]

Sep 8, 2024 - 09:19
 0
विवाहको ६ वर्षपछि दीपिका र रणवीर बने आमाबुबा

काठमाडौं । दीपिका पादुकोण र रणवीर सिंह अन्ततः आमा–बुबा बनेका छन् । बलिउड अभिनेत्री दीपिका पादुकोणले आइतबार (८ सेप्टेम्बर २०२४) मा लक्ष्मी अर्थात् छोरीलाई जन्म दिएकी छिन् । छोरीको आगमनले दीपिका पादुकोण र रणवीर सिंह दुवैको परिवार निकै खुसी छ ।

दीपिका पादुकोण अस्पतालमा भर्ना हुनु अघि मुम्बईको प्रतिष्ठित सिद्धिविनायक मन्दिरमा भगवान् गणेशको आशीर्वाद लिन पनि पुगेकी थिइन् ।दीपिका पादुकोण र रणवीर सिंहले सन् २०१८ को नोभेम्बर महिनामा विवाह गरेका थिए ।

उनीहरूको विवाहको बी–टाउनमा निकै चर्चा थियो । विवाहको ६ वर्षपछि जोडीले छोरीलाई जन्म दिएका हुन ।

दीपिका पादुकोण र रणवीरले हालसम्म सामाजिक सञ्जालमा आधिकारिक घोषणा गरेका छैनन्, तर सबै पापराजी पेजमा यो खबर आइसकेको छ । फ्यानहरू जोडीलाई बधाई दिइरहेका छन् ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register