एकीकृत समाजवादीको निष्कर्ष- नदी किनार खाली गराउने अदालतको निर्णय जनताको संवैधानिक अधिकारविरुद्ध

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) ले नदी किनारका जमिन खाली गराउने सर्वोच्च अदालतको निर्णयले जनताको निजी सम्पत्तिमाथिको संवैधानिक अधिकार हनन गरेको निष्कर्ष निकालेको छ । पार्टीका काठमाडौं जिल्ला अधक्ष एलपी श्रेष्ठ, भक्तपुरका अध्यक्ष हरिकृष्ण थापा र भक्तपुरका अध्यक्ष श्याम बस्नेतको नेतृत्वमा आएको प्रतिनिधिमण्डलसँगको छलफलपछि यो निष्कर्ष निकालिएको एकीकृत समाजवादीका उपाध्यक्ष जगन्नाथ खतिवडाले जानकारी दिए । […]

Sep 8, 2024 - 09:07
 0
एकीकृत समाजवादीको निष्कर्ष- नदी किनार खाली गराउने अदालतको निर्णय जनताको संवैधानिक अधिकारविरुद्ध

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) ले नदी किनारका जमिन खाली गराउने सर्वोच्च अदालतको निर्णयले जनताको निजी सम्पत्तिमाथिको संवैधानिक अधिकार हनन गरेको निष्कर्ष निकालेको छ ।

पार्टीका काठमाडौं जिल्ला अधक्ष एलपी श्रेष्ठ, भक्तपुरका अध्यक्ष हरिकृष्ण थापा र भक्तपुरका अध्यक्ष श्याम बस्नेतको नेतृत्वमा आएको प्रतिनिधिमण्डलसँगको छलफलपछि यो निष्कर्ष निकालिएको एकीकृत समाजवादीका उपाध्यक्ष जगन्नाथ खतिवडाले जानकारी दिए ।

यसपछि अध्यक्ष माधवकुमार नेपालले पार्टी जनताको पक्षमा उभिनुपर्ने र यसका लागि सबै किसिममा संवाद गर्दै दबाबकारी कार्यक्रम अगाडि बढाउन निर्देशन दिएका छन् ।

यसअघि सर्वोच्च अदालतले काठमाडौं उपत्यकाका नदी किनारमा २०/२० मिटर छाड्नुपर्ने फैसला गरेको छ । यसको काठमाडौं महानगरपालिकाले भने स्वागत गरेको छ तर, दलहरू भने यसको विरुद्धमा उभिएका छन् ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register