‘बैंकिङ कसुरमा घटनाको प्रकृति हेरेर सजायको व्यवस्था गरौँ’

काठमाडौँ । अर्थमन्त्री विष्णु पौडेलले चेक अनादरको प्रवृत्ति बढ्दै गएको भन्दै त्यसलाई नियन्त्रण गर्न जरुरी रहेको बताएका छन् । आइतबार प्रतिनिधिसभा अन्र्तगतको अर्थ समितिको बैठकमा भएको बैंकिङ कसूर तथा सजाय (दोस्रो संशोधन) विधेयक, २०८० उपर दफावार छलफलमा बोल्दै अर्थमन्त्री पौडेलले यस्तो बताएका हुन् । उनले चेक अनादर निरुत्साहित गर्ने सँगसँगै कारबाहीको लागि कानुनमा व्यवस्था गरिने […]

Sep 8, 2024 - 10:03
 0
‘बैंकिङ कसुरमा घटनाको प्रकृति हेरेर सजायको व्यवस्था गरौँ’

काठमाडौँ । अर्थमन्त्री विष्णु पौडेलले चेक अनादरको प्रवृत्ति बढ्दै गएको भन्दै त्यसलाई नियन्त्रण गर्न जरुरी रहेको बताएका छन् । आइतबार प्रतिनिधिसभा अन्र्तगतको अर्थ समितिको बैठकमा भएको बैंकिङ कसूर तथा सजाय (दोस्रो संशोधन) विधेयक, २०८० उपर दफावार छलफलमा बोल्दै अर्थमन्त्री पौडेलले यस्तो बताएका हुन् ।

उनले चेक अनादर निरुत्साहित गर्ने सँगसँगै कारबाहीको लागि कानुनमा व्यवस्था गरिने प्रवन्ध रियलस्टिक पनि हुनुपर्ने बताएका छन् ।

‘विधेयकको संशोधनको लक्ष्य के हो भने चेक अनादरको प्रवृत्ति बढ्दै गएको छ । त्यसलाई नियन्त्रण गर्न जरुरी छ ।’, उनले भने, ‘त्यसका निमित्त आवश्यक कानुनी प्रवन्ध पनि गर्नुपर्छ । अर्कोतर्फ चेक अनादरको विषय निरुत्साहित गर्न कानुनी तवरले काम कारवाही हुनुपर्छ । कानुनमा गरिने प्रवन्ध रियलस्टिक पनि हुनुपर्यो ।’

त्यस्तै, अर्थमन्त्री पौडेलले बैङ्किङ्ग कसूरमा सजाय गल्ती र कमजोरीको प्रकृति हेरेर व्यवस्था गर्नुपर्ने बताएका छन् । ‘दण्ड गल्तीको कमजोरीको प्रकृति हेरेर हुनुपर्छ । दण्डमा सजाएको प्रवृत्ति निराधार हुनुपर्छ । यी दुई कुरामा हेक्का राख्नुपर्छ ।’, अर्थमन्त्री पौडेलले भने ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register