मेचीनगरबाट अवैध सामानसहित तीन भारतीय गाडी नियन्त्रणमा

भद्रपुर, २३ भदौ । झापाको मेचीनगर नगरपालिका–६ स्थित भन्सार प्रवेशद्वार पछाडिबाट अवैध सामानसहित तीन वटा भारतीय कारलाई प्रहरीले नियन्त्रणमा लिएको छ । शनिबार साँझ भारतबाट नेपालतर्फ आउँदै गरेको भारतीय नम्बरको कार डब्लूबी७४एन६८७८, डब्लूबी७४पी७७९९ र डब्लूबी७४एन बाट करिब रू तीन लाख ९९ हजार एक सय बराबरको अवैध सामान बरामद भएपछि नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय झापाका [...] The post मेचीनगरबाट अवैध सामानसहित तीन भारतीय गाडी नियन्त्रणमा appeared first on Jhapa Online.

Sep 8, 2024 - 10:08
 0
मेचीनगरबाट अवैध सामानसहित तीन भारतीय गाडी नियन्त्रणमा

भद्रपुर, २३ भदौ । झापाको मेचीनगर नगरपालिका–६ स्थित भन्सार प्रवेशद्वार पछाडिबाट अवैध सामानसहित तीन वटा भारतीय कारलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

शनिबार साँझ भारतबाट नेपालतर्फ आउँदै गरेको भारतीय नम्बरको कार डब्लूबी७४एन६८७८, डब्लूबी७४पी७७९९ र डब्लूबी७४एन बाट करिब रू तीन लाख ९९ हजार एक सय बराबरको अवैध सामान बरामद भएपछि नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता प्रहरी नायब उपरीक्षक कृष्णकुमार चन्दले जानकारी दिनुभयो ।

चेकजाँच गर्दा उक्त कारहरुबाट भन्सार छलेर अवैध रुपमा नेपाल ल्याउँदै गरेको पुरुष टाउजर एक सय १० पिस, लेडिज टाउजर ४२ पिस, रुमाल एक हजार दुई सय ५० पिस, लेडिज सर्ट २२ पिस, कुर्था ३२ पिस, भेष्ट ५३ पिस, लेडिज ब्रा पाँच सय २८ पिस, लेडिज भेष्ट १८ पिस, कुर्थी १० पिस र लेडिज सर्ट १७ पिस फेला परेको थियो ।

प्रहरीले कार भारतको दार्जिलिङ पानीट्याङकीका ४२ वर्षीय राम दयाल बर्मन, सोही स्थानका ३३ वर्षीय अमित राय र ४६ वर्षीय राजकुमार घोसलाई समेत नियन्त्रणमा लिएको छ । कारको समेत रू २४ लाख मूल्यांकन गरी भन्सार दाखिला गर्ने तयारी भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

यसैबीच, शनिबार राति मेचीनगर–६ मेचीपुल स्थित हुँदै नेपालबाट भारततर्फ अवैध रुपमा भन्सार छली लुकाएर लाँदै गरेको सिल्क एण्ड साइन क्रिम एक सय २१ पिस र भारतबाट नेपालतर्फ ल्याउँदै गरेको विभिन्न किरानाका सामान बरामद गरेको छ । ती सामानको मूल्य करिब रू एक लाख ५१ हजार रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

The post मेचीनगरबाट अवैध सामानसहित तीन भारतीय गाडी नियन्त्रणमा appeared first on Jhapa Online.

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register