म्याग्दीको कोप्रे झरना आन्तरिक पर्यटकको रोजाइमा (तस्बिरसहित)

म्याग्दी।   हिमाली जिल्ला म्याग्दीमा धार्मिक, पर्यटकीय र ऐतिहासिक क्षेत्रहरु थुप्रै छन् । यस जिल्लामा मनोरम हिमाल, तालतलैया, नदीनाला र झरनाहरु पनि प्रशस्तै भेटिन्छन् । म्याग्दीमा रहेका पर्यटकीय आकर्षणयुक्त झरनाहरुमध्ये कतिपय वर्षात्को समयमा मात्रै उर्लिन्छन् भने कतिपय झरनाहरु बाह्रै महिना सुस्साउँछन् । त्यही झरनामध्ये एक अहिले पछिल्लोपटक निकै चर्चामा आएको झरना हो कोप्रे । लकडाउनको समयमा […]

Sep 8, 2024 - 10:09
 0
म्याग्दीको कोप्रे झरना आन्तरिक पर्यटकको रोजाइमा (तस्बिरसहित)

म्याग्दी। 

 हिमाली जिल्ला म्याग्दीमा धार्मिक, पर्यटकीय र ऐतिहासिक क्षेत्रहरु थुप्रै छन् । यस जिल्लामा मनोरम हिमाल, तालतलैया, नदीनाला र झरनाहरु पनि प्रशस्तै भेटिन्छन् । म्याग्दीमा रहेका पर्यटकीय आकर्षणयुक्त झरनाहरुमध्ये कतिपय वर्षात्को समयमा मात्रै उर्लिन्छन् भने कतिपय झरनाहरु बाह्रै महिना सुस्साउँछन् ।

त्यही झरनामध्ये एक अहिले पछिल्लोपटक निकै चर्चामा आएको झरना हो कोप्रे । लकडाउनको समयमा भेटिएको कोप्रे झरना नयाँ पर्यटकीय गन्तव्यको रुपमा चिनिएको छ । पछिल्लो समय आन्तरिक पर्यटकहरुको रोजनाइमा पर्न थालेको यो झरनामा दैनिकजसो पर्यटकहरुको चहलपहल हुने गर्छ । म्याग्दीको बेनी नगरपालिका–२, ज्यामरुककोटमा पर्ने पर्यटकीय सम्भावना बोकेको कोप्रे झरनामा आन्तरिक पर्यटकको आकर्षण बढ्दै गएको पाइन्छ । 

कोप्रे झरनामा पहिलेदेखि नै मानिसहरु जान्थे । खासगरी यहाँ भकिम्ली, ज्यामरुककोट, दुधेखोला, बगरफाँट र बेनीबजार आसपासका क्षेत्रबाट मानिसहरु पुगेर घुम्ने, फोटो खिच्ने र रमाउने गर्दथे । अहिले दैनिकजसो झरनामा टिकटक तथा रिल्स बनाउन पर्यटकहरु पुग्ने गर्दछन् । विगतदेखि नै मानिसको चहलपहल हुने यस झरनामा पछिल्लोपटक घुम्नेहरुको संख्या बढेको छ । कोप्रे झरना हिउँदमा केही सानो भए पनि वर्षात्को समयमा निकै ठूलो हुने गर्दछ । कोप्रे झरना हेर्दा निकै सुन्दर, आकर्षक र मनमोहक देखिन्छ ।

 आन्तरिक पर्यटक दुर्गामाया रोकाले बेनीबजारदेखि नजिकै रहेको कोप्रे झरनामा पुगेर रमाउन पाउँदा आफूलाई निकै आनन्दको महसुस भएको अनुभव सुनाइन् । कोप्रे झरनालाई त्यहाँ भ्रमण गर्न जाने कतिपय पर्यटकहरुले ‘वर्षे झरना’ भनेर पनि नामाकरण गरेका छन् । भीर तथा पहराको सहारा लिएर लडीबुडी खेल्दै खस्ने झरना घाम लागेको समयमा इन्द्रेणी पर्ने हुँदा पर्यटकलाई खुब लोभ्याइरहन्छ । पहाडको टुप्पोबाट जमिनतिर एकनासले खसिरहने झरनाको चिसो पानीमा भिज्न पाउँदा निकै आनन्द आउने पर्यटक बताउँछन् । कोप्र झरनामा कतिपय पर्यटकहरु टिकटक, रिल्स र स्टोरी बनाउनकै लागि भए पनि पुग्ने गर्छन् ।


 कोप्रे झरनालाई बाह्रै महिना चल्ने बनाउन नजिकै रहेको म्याग्दीखोलाको पानी तानेर स्थानीय सरकारले पर्यटनको हवका रुपमा विकास गर्नुपर्ने म्याग्दी जेसीजका निवर्तमान अध्यक्ष सुमन बानियाँ बताउँछन्। फोटो भिडियो खिचेर फेसबुक, ट्वीटर, इन्स्टाग्राम, टिकटक, रिल्सलगायत सामाजिक सञ्जालमा पोष्ट्याउन पाइने भएपछि झरनामा पुग्ने पर्यटकहरुको संख्यामा वृद्धि भएको छ । झरनाको भ्रमण गर्ने पर्यटकहरुको सङ्ख्या बढ्दै गएपछि झरनाको आसपासमा पर्यटकलक्षित प्रतिक्षालयसहितका संरचनाहरु पनि बनाइएको छ । 

कोप्रेसहित अन्य पर्यटकीय संरचनाको विकासमा बेनी नगरपालिकाले आवश्यक पहल गरिरहेको जनाएको छ । आगामी दिनमा कोप्रे झरनासहित वडामा पर्यटकीय क्षेत्रको विकास र प्रवर्द्धन गर्न आवश्यक पहल गरिने बेनी–२, ज्यामरुककोटका वडा अध्यक्ष यामबहादुर क्षत्रीले जानकारी दिए । कोप्रे झरनामा म्याग्दी सदरमुकाम बेनीबजारसहित ज्यामरुककोट, भकिम्ली, सिङ्गा, पुलाचौरगायत आसपासका क्षेत्रहरुबाट प्रायः पर्यटकहरु पुग्छन् ।

 

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register