दमक गौहत्यामा प्रकरण : चार जना पक्राउ

झापा, २३ भदौ । झापाको दमकमा गौहत्यामा संलग्न तीन भुटानी शरणार्थीसहित चार जनालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीले दमक–२ बेलडाँगीस्थित भुटानी शरणार्थी शिविर क्याम्प नं. २ छाप्रो नम्बर ३३२ का ४४ वर्षीय प्रेमबहादुर बिष्ट, दमक–३ बेलडाँगीस्थित भुटानी शरणार्थी शिविर क्याम्प नं. ३ छाप्रो नम्बर ए३–२०८ का ३८ वर्षीय खगेन्द्र दुलाल, सोही शिविरका छाप्रो नं. [...] The post दमक गौहत्यामा प्रकरण : चार जना पक्राउ appeared first on Jhapa Online.

Sep 8, 2024 - 10:08
 0
दमक गौहत्यामा प्रकरण : चार जना पक्राउ

झापा, २३ भदौ । झापाको दमकमा गौहत्यामा संलग्न तीन भुटानी शरणार्थीसहित चार जनालाई प्रहरीले पक्राउ गरेको छ ।

प्रहरीले दमक–२ बेलडाँगीस्थित भुटानी शरणार्थी शिविर क्याम्प नं. २ छाप्रो नम्बर ३३२ का ४४ वर्षीय प्रेमबहादुर बिष्ट, दमक–३ बेलडाँगीस्थित भुटानी शरणार्थी शिविर क्याम्प नं. ३ छाप्रो नम्बर ए३–२०८ का ३८ वर्षीय खगेन्द्र दुलाल, सोही शिविरका छाप्रो नं. ए२–१२० का ३२ वर्षीय विधान थापा र दमक–४ की ४५ वर्षीया गीता श्रेष्ठलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता प्रहरी नायब उपरीक्षक कृष्णकुमार चन्दले जानकारी दिनुभयो ।

गत शुक्रबार पक्राउ गरी प्रहरीले आज सार्वजनिक गरेको हो । उनीहरुले भदौ १८ गते राति दमक–२ का लछुमन बिष्टको दमक–१ स्थित पानीट्याङकी गोठमा बाँधी राखेको दुई महिने गर्भेणी गाईलाई चोरी गरेका थिए । गाई चोरेपछि सोही स्थानदेखि करिब एक सय मिटर पूर्वतर्फको खाली प्लटिङ जग्गामा लगेर हत्या गरेर खुट्टा, करङ र घाँटीको मासु काटी लगेर अवस्थामा गाईको शव फेला परेको थियो । प्रहरीले उनीहरुको साथबाट घटनामा प्रयोग भएको खुकुरी एक थान, बञ्चरो एक थान र मासु बोक्न प्रयोग गरेको झोला एक थान बरामद गरेको छ ।

घटनामा सम्लग्न प्रेमबहादुर यसअघि पनि चोरी, डाका र केही सार्वजनिक अपराधमा इलाका प्रहरी कार्यालय दमकबाट मुद्दा दर्ता भई कारबाहीमा परेका थिए भने खगेन्द्र जबरजस्ती करणी मुद्दा र इलाका प्रहरी कार्यालय दमकबाट पशुपंक्षी सम्बन्धी कसुर मुद्दामा मुद्दा दर्ता भई कारबाही भएको प्रहरीको रेकर्डमा छ ।

त्यसैगरी, विधान थापालाई यसअघि पनि विभिन्न मितिमा इलाका प्रहरी कार्यालय दमकबाट केही सार्वजनिक अपराधमा मुद्दा दर्ता भई कारबाही भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

The post दमक गौहत्यामा प्रकरण : चार जना पक्राउ appeared first on Jhapa Online.

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register