जोर्डन र वेस्ट बैंकको सिमानामा भएको आक्रमणमा ३ जनाको मृत्यु

काठमाडौं। जोर्डन र प्यालेस्टाइनको वेस्ट बैंक सीमा क्षेत्रमा भएको आक्रमणमा तीन जनाको मृत्यु भएको छ। एलेनबी ब्रिज क्रसिङमा जोर्डनबाट आएका हतियारधारी समूहले गोली चलाउँदा ३ जनाको मृत्यु भएको इजरायली रक्षा बल आईडीएफले दाबी गरेको छ । जोर्डनबाट एक ट्रकमा सवार भई आएका आक्रमणकारीले हमला गरेको आईडीएफले जनाएको छ । इजरायली मिडियाका अनुसार मृत्यु हुने तीनजना […]

Sep 8, 2024 - 11:59
 0
जोर्डन र वेस्ट बैंकको सिमानामा भएको आक्रमणमा ३ जनाको मृत्यु

काठमाडौं। जोर्डन र प्यालेस्टाइनको वेस्ट बैंक सीमा क्षेत्रमा भएको आक्रमणमा तीन जनाको मृत्यु भएको छ।

एलेनबी ब्रिज क्रसिङमा जोर्डनबाट आएका हतियारधारी समूहले गोली चलाउँदा ३ जनाको मृत्यु भएको इजरायली रक्षा बल आईडीएफले दाबी गरेको छ ।

जोर्डनबाट एक ट्रकमा सवार भई आएका आक्रमणकारीले हमला गरेको आईडीएफले जनाएको छ ।

इजरायली मिडियाका अनुसार मृत्यु हुने तीनजना पुरुष करिब ५० वर्षीय थिए । जोर्डनले आफ्नो तर्फको सिमाना बन्द गरेको र घटनाबारे अनुसन्धान जारी राखेको बताएको छ ।

इजरायलको अधिनमा रहेको क्षेत्रमा सो हमला भएको हो । सो क्षेत्र हुँदै वेस्ट बैंकमा मालवाहक सवारीसाधन जाने गर्दछन्।

किङ् हुसेन ब्रिजको नामले पनि चिनिने सो क्रसिङ वेस्ट बैंक र जोर्डन जाने आधिकारिक नाका हो ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register