नेपाल ‘‘हङकङ सिक्सेज”मा : ६ खेलाडी, ५ ओभरको खेल हुने

काठमाडौं । नेपालले हङकङ सिक्सेजमा डेब्यू गर्ने भएको छ । बुधबार नेपाल क्रिकेट संघ (क्यान)ले नेपालले हङकङ सिक्सेजमा डेब्यू गर्ने घोषणा गरेको हो । क्यानले सो अवसरको लागि हङकङ सिक्सेजमा सहभागी हुने अवसर दिएकोमा धन्यवाद दिएको छ । प्रतियोगिता सन् २०२४ को नोभेम्बर १ देखि ३ सम्म सञ्चालन हुनेछ । हङकङ क्रिकेटले आयोजना गर्ने यो अन्तर्राष्ट्रिय स्तरको […]

Sep 11, 2024 - 09:03
 0
नेपाल ‘‘हङकङ सिक्सेज”मा : ६ खेलाडी, ५ ओभरको खेल हुने

काठमाडौं । नेपालले हङकङ सिक्सेजमा डेब्यू गर्ने भएको छ । बुधबार नेपाल क्रिकेट संघ (क्यान)ले नेपालले हङकङ सिक्सेजमा डेब्यू गर्ने घोषणा गरेको हो ।

क्यानले सो अवसरको लागि हङकङ सिक्सेजमा सहभागी हुने अवसर दिएकोमा धन्यवाद दिएको छ । प्रतियोगिता सन् २०२४ को नोभेम्बर १ देखि ३ सम्म सञ्चालन हुनेछ ।

हङकङ क्रिकेटले आयोजना गर्ने यो अन्तर्राष्ट्रिय स्तरको क्रिकेट प्रतियोगितमा ८ देखि १२ टोलीले प्रतिस्पर्धा गर्छन् । यस प्रतियोगितालाई आईसीसीले पनि मान्यता दिइसकेको छ ।

यो प्रतियोगितामा हरेक टोलीमा ६ खेलाडी हुन्छन् । हरेक खेल ५ ओभरको हुन्छ । फाइनलमा भने ८ ओभरको खेल हुन्छ । हरेक विकेट किपरबाहेक हरेक फिल्डिरले एक ओभर बलिङ गर्न पाउनेछन् ।

सन् १९९३ मा सुरु भएको यस प्रतियोगिताको पछिल्लो संस्करण सन् २०१७ मा भएको थियो ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register