‘कभी खुशी कभी गम’मा ऋतिक रोशनसँग काम गरेका चर्चित अभिनेता विकास सेठीको निधन

काठमाडौं । भारतीय चर्चित अभिनेता विकास सेठीको मृत्यु भएको छ । उनी ‘क्योंकि सास भी कभी बहू थी’ का अभिनेता समेत हुन् । भारतीय सञ्चारमाध्यम बलिउड लाइफका अनुसार कार्डियक अरेस्टका कारण उनको ४८ वर्षको उमेरमा मृत्यु भएको हो । उनलाई आइतबार बिहान कार्डियक अरेस्ट भएको थियो । विकासको मृत्युलाई लिएर उनका परिवारले कुनै जानकारी दिएका […]

Sep 8, 2024 - 12:31
 0
‘कभी खुशी कभी गम’मा ऋतिक रोशनसँग काम गरेका चर्चित अभिनेता विकास सेठीको निधन

काठमाडौं । भारतीय चर्चित अभिनेता विकास सेठीको मृत्यु भएको छ ।

उनी ‘क्योंकि सास भी कभी बहू थी’ का अभिनेता समेत हुन् । भारतीय सञ्चारमाध्यम बलिउड लाइफका अनुसार कार्डियक अरेस्टका कारण उनको ४८ वर्षको उमेरमा मृत्यु भएको हो ।

उनलाई आइतबार बिहान कार्डियक अरेस्ट भएको थियो ।

विकासको मृत्युलाई लिएर उनका परिवारले कुनै जानकारी दिएका छैनन् ।

विकासकी श्रीमती र दुई छोरी छन् ।

उनले ‘क्योंकि सास भी कभी बहू थी’, ‘कसौटी जिन्दगी की’, ‘कहीं तो होगा’ जस्ता टेलिशृंखलामा काम गरेका छन् ।
साथै उनले शाहरूख खान र ऋतिक रोशनको सुपरहिट फिल्म ‘कभी खुशी कभी गम’ मा पनि काम गरेका छन् ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register