डिर्भाेस गर्दा किर्ते कागज पेश गरेको मुद्दामा कांग्रेस सांसद् केसी कारागार चलान 

काठमाडौं । ३३ वर्षअघि डिर्भाेस गर्दा किर्ते गरेको मुद्दामा लुम्बिनी प्रदेशसभा सदस्य धनबहादुर केसी कारागार चलान भएका छन् । सांसद केसीलाई आइतबार कारागार चलान गरिएको हो । उनले आइतबार रुकुम पूर्व जिल्ला अदालत पुगेर आत्मसमर्पण गरे हुन् । २०४८ सालमा धनबहादुरलाई रुकुम जिल्ला अदालतले कीर्ते मुद्दामा दोषी ठहर गर्दै एक वर्ष कैद र दुई हजार […]

Sep 8, 2024 - 12:39
 0
डिर्भाेस गर्दा किर्ते कागज पेश गरेको मुद्दामा कांग्रेस सांसद् केसी कारागार चलान 

काठमाडौं । ३३ वर्षअघि डिर्भाेस गर्दा किर्ते गरेको मुद्दामा लुम्बिनी प्रदेशसभा सदस्य धनबहादुर केसी कारागार चलान भएका छन् ।

सांसद केसीलाई आइतबार कारागार चलान गरिएको हो । उनले आइतबार रुकुम पूर्व जिल्ला अदालत पुगेर आत्मसमर्पण गरे हुन् ।

२०४८ सालमा धनबहादुरलाई रुकुम जिल्ला अदालतले कीर्ते मुद्दामा दोषी ठहर गर्दै एक वर्ष कैद र दुई हजार जरिवानाको फैसला सुनाएको थियो ।

श्रीमतीसँगको अंश मुद्दामा प्रदेश सांसद केसीले कीर्ते गरेको अभियोगमा साविक रुकुम जिल्ला अदालतले उनलाई २०४८ साल असार ९ गते दोषी ठहर गरेको थियो ।

सुरुमा १९ दिन थुनामा बसे पनि पछि केसी अदालतको आदेश बमोजिम धरौटी बुझाएर रिहा भएका थिए ।  पछि अदालतले दोषी ठहर गरेपछि जरिवानाको रकम धरौटीबाट लिइएको भए पनि उनले कैद सजाय भुक्तान गर्न बाँकी नै थियो ।

उनी गत निर्वाचनमा केसी नेपाली कांग्रेसको तर्फबाट रुकुम पूर्वको प्रदेशसभा क्षेत्र नं १ बाट निर्वाचित भएका थिए । लामो समयदेखि प्रहरीको फरार सूचीमा भए पनि उनी पक्राउ परेका थिएनन् ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register