रूसी हमलाको जवाफ दिने युक्रेनी राष्ट्रपतिको भनाइ

काठमाडौं । युक्रेनका राष्ट्रपति भोलोदोमिर जेलेन्स्कीले रुसको आक्रमणको जवाफ दिने बताएका छन् । मंगलबार पनि रुसले राजधानी कीभलगायतका क्षेत्रहरुमा हमला जारी राखेसँगै राष्ट्रपति जेलेन्स्कीले यस्तो बताएका हुन् । उनले आक्रमणमा परी ४ जनाको मृत्यु भएको र अन्य १६ घाइते भएको जानकारी दिए । उद्दार कार्य सञ्चालन भइरहेको जेलेन्स्कीले बताए । रुसले ९० भन्दा बढी सर्वसाधारण […]

Aug 27, 2024 - 09:59
 0
रूसी हमलाको जवाफ दिने युक्रेनी राष्ट्रपतिको भनाइ

काठमाडौं । युक्रेनका राष्ट्रपति भोलोदोमिर जेलेन्स्कीले रुसको आक्रमणको जवाफ दिने बताएका छन् ।

मंगलबार पनि रुसले राजधानी कीभलगायतका क्षेत्रहरुमा हमला जारी राखेसँगै राष्ट्रपति जेलेन्स्कीले यस्तो बताएका हुन् ।

उनले आक्रमणमा परी ४ जनाको मृत्यु भएको र अन्य १६ घाइते भएको जानकारी दिए । उद्दार कार्य सञ्चालन भइरहेको जेलेन्स्कीले बताए ।

रुसले ९० भन्दा बढी सर्वसाधारण र भौतिक पूर्वाधारलाई हवाई आक्रमणद्वारा निशानामा पारेको छ । सो क्रममा रुसले ८१ ड्रोन, क्रुज, ब्यालिस्टिक र हवाई ब्यालिस्टिक मिसाइल आक्रमण गरेको थियो ।

‘हामी रुसको यो र अन्य आक्रमणको प्रतिक्रिया दिनेछौँ । मानवताविरुद्धको अपराध सजायबाट बच्न सक्दैन,’ राष्ट्रपतिले सामाजिक सञ्जालमार्फत् भने ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register