एमाले र कांग्रेस शीर्ष नेताहरुबीच भेटवार्ता, सत्तारुढ दलको बैठक बोलाउने सहमती

काठमाडौं । नेपाली कांग्रेस र नेकपा एमालेका शीर्ष नेताहरुबीच भेटवार्ता भएको छ । आइतबार बालुवाटारमा भएको भेटवार्तामा कांग्रेसका तर्फबाट सभापति शेरबहादुर देउवा, परराष्ट्रमन्त्री आरजु राणा देउवा र गृहमन्त्री रमेश लेखक सहभागी थिए । यस्तै एमालेबाट प्रधानमन्त्री केपी शर्मा ओली, उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेल र महासचिव शंकर पोखरेल सहभागी थिए । छलफलमा सत्ता गठबन्धनको बैठक […]

Sep 8, 2024 - 16:27
 0
एमाले र कांग्रेस शीर्ष नेताहरुबीच भेटवार्ता, सत्तारुढ दलको बैठक बोलाउने सहमती

काठमाडौं । नेपाली कांग्रेस र नेकपा एमालेका शीर्ष नेताहरुबीच भेटवार्ता भएको छ ।

आइतबार बालुवाटारमा भएको भेटवार्तामा कांग्रेसका तर्फबाट सभापति शेरबहादुर देउवा, परराष्ट्रमन्त्री आरजु राणा देउवा र गृहमन्त्री रमेश लेखक सहभागी थिए । यस्तै एमालेबाट प्रधानमन्त्री केपी शर्मा ओली, उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेल र महासचिव शंकर पोखरेल सहभागी थिए ।

छलफलमा सत्ता गठबन्धनको बैठक बोलाउने सहमति भएको बुझिएको छ । उक्त भेटमा कांग्रेस सभापति देउवाले सरकारको न्यूनतम साझा कार्यक्रम बनाउन प्रस्ताव गरेका थिए । त्यसमा प्रधानमन्त्री ओली पनि सहमत भएको बताइएको छ ।

कांग्रेस र एमालेबीच १७ असारमा भएको सातबुँदे सहमति  अनुसार कांग्रेसको समर्थनमा एमाले अध्यक्ष ओली ३० असारमा प्रधानमन्त्री नियुक्त भएका थिए तर सरकार बनेको दुई महिना बितिसक्दा पनि न्यूनतम साझा कार्यक्रम बन्न सकेको छैन् ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register