१४ किलो चरेशसहित २ जना नियन्त्रणमा

काठमाडौं । मकवानपुर प्रहरीले चरेशसहित २ जनालाई नियन्त्रणमा लिएको छ । शुक्रबार बेलुका करिब ७ बजे प्रहरी चौकी रातोमाटे मकवानपुरबाट खटिएको प्रहरी टोलीले हेटौंडा–१५, रातोमाटे चेकपोष्टमा सवारी चेक गर्ने क्रममा उनीहरुलाई पक्राउ गरेको हो । हेटौंडाबाट पथलैयातर्फ जाँदै गरेको ना. ७ ख ६०६१ नम्बर यात्रुबाहक बस चेक गर्ने क्रममा बसका यात्री धादिङको गजुरी गापा–८ बस्ने […]

Sep 8, 2024 - 17:33
 0
१४ किलो चरेशसहित २ जना नियन्त्रणमा

काठमाडौं ।

मकवानपुर प्रहरीले चरेशसहित २ जनालाई नियन्त्रणमा लिएको छ । शुक्रबार बेलुका करिब ७ बजे प्रहरी चौकी रातोमाटे मकवानपुरबाट खटिएको प्रहरी टोलीले हेटौंडा–१५, रातोमाटे चेकपोष्टमा सवारी चेक गर्ने क्रममा उनीहरुलाई पक्राउ गरेको हो ।

हेटौंडाबाट पथलैयातर्फ जाँदै गरेको ना. ७ ख ६०६१ नम्बर यात्रुबाहक बस चेक गर्ने क्रममा बसका यात्री धादिङको गजुरी गापा–८ बस्ने वर्ष ४२ का केदार तामाङ र वर्ष ३६ का सुकमान तामाङलाई चरेशसहित पक्राउ गरिएको थियो ।

उनीहरुलाई शंका लागेर रितपूर्वक शरीर तथा झोला खानतलासी गर्दा लुकाइ ल्याइएको अवस्थामा १४ किलो लागुऔषध चरेश फेला परेको थियो । उक्त लागुऔषधसहित तामाङद्वयलाई नियन्त्रणमा लिइ मकवानपुर जिल्ला अदालतबाट १० दिन म्याद थप अनुमति लिएर अनुसन्धान कार्य भइरहेको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register