हवाई दुर्घटनाको समस्या समाधान गर्न उपाय खोजौं : पूर्वराष्ट्रपति भण्डारी

भक्तपुर । गत साउन ९ गते काठमाडौँमा भएको सौर्य एयरलाइन्स दुर्घटना परी निधन भएकाको आज यहाँ स्मरण गरिएको छ । मनुराज, अधिराज र प्रिजा स्मृति समाजले आज ४५औँ पुण्य तिथिको अवसर पारेर काठमाडौँ स्कुल अफ ल दधिकोट भक्तपुरमा आयोजना गरेको श्रद्धाञ्जलिसभा तथा नेपालमा हवाई सुरक्षा विषयक अन्तरक्रिया कार्यक्रममा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले हवाई दुर्घटनामा निधन भएका […]

Sep 8, 2024 - 17:59
 0
हवाई दुर्घटनाको समस्या समाधान गर्न उपाय खोजौं : पूर्वराष्ट्रपति भण्डारी

भक्तपुर । गत साउन ९ गते काठमाडौँमा भएको सौर्य एयरलाइन्स दुर्घटना परी निधन भएकाको आज यहाँ स्मरण गरिएको छ ।

मनुराज, अधिराज र प्रिजा स्मृति समाजले आज ४५औँ पुण्य तिथिको अवसर पारेर काठमाडौँ स्कुल अफ ल दधिकोट भक्तपुरमा आयोजना गरेको श्रद्धाञ्जलिसभा तथा नेपालमा हवाई सुरक्षा विषयक अन्तरक्रिया कार्यक्रममा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले हवाई दुर्घटनामा निधन भएका १८ जनाको फोटोमा माल्यार्पण गरी श्रद्धाञ्जलि अर्पण गरिन् । कार्यक्रममा पूर्वराष्ट्रपति भण्डारीले सौर्य एयरलाइन्सको दुर्घटना ज्यादै दुःखद् भएको भन्दै दुर्घटनाको कारण खोजेर यस्ता दुर्घटना दोहरिन नदिन उपाय खोज्नुपर्ने औँल्याईन् ।

पूर्वराष्ट्रपति भण्डारीले हवाई दुर्घटनाबारे छानबिन समिति बन्ने, प्रतिवेदन आउने र थन्किने प्रवृत्ति हुन नहुने भन्दै देखिएका समस्या समाधानका लागि चासो दिनुपर्ने ‌‌औंल्याईन् । उनले हवाई दुर्घटनाको कारण पहिचान गर्दै आगामी दिनमा कुनै पनि जहाज दुर्घटना नहुने गरी विज्ञले तयारी गर्नुपर्ने बताईन् ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले हालसम्म भएका हवाई दुर्घटनाबारे विगतमा भएका थुप्रै अलग अलग अध्ययन र अनुसन्धानबाट औंल्याएका सवाललाई एकै ठाउँमा राखेर एकीकृत गरेर थप अध्ययन गर्न उच्चस्तरीय छानबिन समिति बनाउनुपर्ने आवश्यकता रहेको बताईन् । दुर्घटनाका पीडितले पाउनुपर्ने बिमाका विषयमा बिमा सम्बन्धी ऐन निर्माण गर्नुपर्ने उनले औंल्याईन् ।

कार्यक्रममा पूर्वमहान्यायाधिवक्ता एवं काठमाडौँ स्कुल अफ ल दधिकोट भक्तपुरका संस्थापक वरिष्ठ अधिवक्ता डा युवराज सङ्ग्रौलाले नेपालमा हवाई सुरक्षाका विषयमा आफ्नो प्रस्तुती राखेका थिए । सङ्ग्रौलाको प्रस्तुति माथि पाइलट विनोद पुरी र अधिवक्ता स्वागत नेपालले टिप्पणी गरेका थिए ।

कार्यक्रममा बागमति प्रदेशका पूर्वमुख्यमन्त्री तथा नेकपा (एकीकृत समाजवादी) का बरिष्ठ उपाध्यक्ष राजेन्द्रप्रसाद पाण्डेलगायतले नेपालको हवाई सुरक्षाबारे राज्य गम्भिर हुनुपर्ने बताएका थिए । काठमाडौं स्कुल अफ ल दधिकोट भक्तपुर र संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको सहकार्यमा भएको कार्यक्रममा समाजका अध्यक्ष प्रकाश खतिवडाले समाजले अक्षय कोषको स्थापना गरी पुरस्कारदेखि छात्रवृतिसमेत उपलब्ध गराउने लक्ष्य लिएको जानकारी दिए ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register