युक्रेनले चाँडो शान्ति स्थापनाका लागि कूटनीतिक प्रयास गर्नुपर्छ : जर्मन

फ्रेङ्कफर्ट । जर्मन चान्सलर ओलाफ सोल्सले आइतबार युक्रेनमा ‘अझ चाँडो’ शान्ति हासिल गर्न कूटनीतिक प्रयासलाई तीव्रता दिन आह्वान गरेका छन् । सन् २०२२ मा युक्रेनमा रुसको आक्रमणबाट सुरु भएको द्वन्द्वका कारण सार्वजनिक थकानका सङ्केतहरूका बीचमा बढ्दो घरेलु दबाबमा रहनुभएका सोल्सको उक्त भनाइ आएको हो । उनले भने –हामी कसरी यो युद्धको अवस्थाबाट बाहिर निस्कन सक्छौँ […]

Sep 9, 2024 - 01:07
 0
युक्रेनले चाँडो शान्ति स्थापनाका लागि कूटनीतिक प्रयास गर्नुपर्छ : जर्मन

फ्रेङ्कफर्ट । जर्मन चान्सलर ओलाफ सोल्सले आइतबार युक्रेनमा ‘अझ चाँडो’ शान्ति हासिल गर्न कूटनीतिक प्रयासलाई तीव्रता दिन आह्वान गरेका छन् ।

सन् २०२२ मा युक्रेनमा रुसको आक्रमणबाट सुरु भएको द्वन्द्वका कारण सार्वजनिक थकानका सङ्केतहरूका बीचमा बढ्दो घरेलु दबाबमा रहनुभएका सोल्सको उक्त भनाइ आएको हो ।

उनले भने –हामी कसरी यो युद्धको अवस्थाबाट बाहिर निस्कन सक्छौँ र चाँडै शान्ति हासिल गर्न सक्छौँ भन्नेबारेमा छलफल गर्ने समय आएको छ भन्ने मलाई विश्वास छ ।

युक्रेनलाई हतियार आपूर्ति बन्द गर्न चाहने अति दक्षिणपन्थी एएफडी र अति वामपन्थी बिएसडब्लु दुवै पार्टीले गत साता जर्मनीको दुई क्षेत्रमा भएको निर्वाचनमा सोल्सको गठबन्धन पार्टीले लज्जास्पद पराजय बेहोर्नुपर्यो ।

अमेरिकापछि युक्रेनलाई सहयोग गर्ने दोस्रो ठूलो मुलुक जर्मनी हो र सोल्सको सरकारले ‘आवश्यक भएसम्म’ युक्रेनलाई समर्थन जारी राख्ने बारम्बार बताउँदै आएको छ ।

सोल्सले युद्ध समाप्त गर्नका लागि रुसले आगामी अन्तर्राष्ट्रिय सम्मेलनमा भाग लिनुपर्ने बताए । अघिल्लो सम्मेलनमा मस्कोलाई बाहिर राखिएको थियो ।

‘हामीले प्रगति गर्नुपर्छ भन्ने महत्त्वपूर्ण हो, उनले भने, ‘निश्चित रूपमा अर्को एउटा शान्ति सम्मेलन हुनेछ, युक्रेनी राष्ट्रपति र म सम्मेलनमा रुस समावेश हुनुपर्छ भन्नेमा सहमत छौँ ।’

जुनमा युक्रेनले आयोजना गरेको पहिलो शिखर सम्मेलनमा ९० भन्दा बढी मुलुकका नेता र शीर्ष अधिकारी स्विट्जरल्यान्डमा जम्मा भएका थिए तर रुसलाई आमन्त्रण गरिएको थिएन ।

किएभले यस वर्ष दोस्रो शान्ति शिखर सम्मेलन गर्ने लक्ष्य बनाइरहेको छ र राष्ट्रपति भोलोदिमर जेलेन्स्कीले जुलाईको अन्त्यमा रुसलाई ‘सार्थक परिणाम’ प्राप्त गर्न सम्मेलनमा उपस्थित हुनुपर्ने बताएका थिए ।

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले बिहीबार युक्रेनसँग वार्ता गर्न तयार रहेको बताएका थिए । यसअघि कुर्स्क क्षेत्रमा किएभको आक्रमण जारी रहेको बेला वार्ताको विचारलाई उनले अस्वीकार गरेका थिए ।

क्रेमलिनले विगतमा कुनै पनि शान्ति सम्झौताका लागि मस्कोले आफ्नो दाबी गरेको क्षेत्रमा किएभले आत्मसमर्पण गर्न बाध्य हुनुपर्ने कुरामा जोड दिएको थियो । युक्रेनका लागि उक्त शर्त अस्वीकार्य थियो ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register