‘यो बुलको पहिलो करेक्सन हो, आत्तिनुपर्दैन’- जय शम्भो

काठमाडौँ । सेयर बजारका प्राविधिक विश्लेषक अजयसिंह थापा (जय शम्भो)ले अहिलेको बजार करेक्सन सामान्य भएको बताएका छन् । अर्थ सरोकार डटकमको टेलिभिजन कार्यक्रम ‘सेयरबाणी’मा बोल्दै थापाले यस्तो बताएका हुन् । सेयर बजारमा बुल सुरु भएपछि पहिलोपटक करेक्सन आएकोले यो सामान्य करेक्सन भएको थापाको भनाई छ । ‘यसअघि बजारमा जुन र्याली आयो १००० अंकको, यो पहिलो […]

Sep 9, 2024 - 03:51
 0
‘यो बुलको पहिलो करेक्सन हो, आत्तिनुपर्दैन’- जय शम्भो

काठमाडौँ । सेयर बजारका प्राविधिक विश्लेषक अजयसिंह थापा (जय शम्भो)ले अहिलेको बजार करेक्सन सामान्य भएको बताएका छन् । अर्थ सरोकार डटकमको टेलिभिजन कार्यक्रम ‘सेयरबाणी’मा बोल्दै थापाले यस्तो बताएका हुन् ।

सेयर बजारमा बुल सुरु भएपछि पहिलोपटक करेक्सन आएकोले यो सामान्य करेक्सन भएको थापाको भनाई छ ।

‘यसअघि बजारमा जुन र्याली आयो १००० अंकको, यो पहिलो र्याली हो ।’, उनले भने, ‘बुल बजारमा यस्तो र्याली ४-५ वटा आउँछ । अहिलेको करेक्सन पहिलो र्यालीमा हो र एउटै र्यालीमा मार्केट सक्कियो, बुल सक्कियो भन्न मिल्दैन । यो स्वभाविक करेक्सन हो, सामान्य हो ।’

त्यस्तै, उनले दशैँ नजिकिँदै गर्दा धेरैले खर्च बुक गर्ने भएकाले पनि र बजारमा प्रफिट बुक गर्नेहरुका कारणले पनि बजारमा करेक्सन देखिएको बताएका छन् । तर, प्राविधिक रुपमा बजारले दशैँअघिनै नयाँ हाईब्रेक गर्ने सम्भावना देखिएको थापाले बताएका छन् । थापासँग गरिएको थप कुराकानी भिडियोमा हेर्नुहोस्ः

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register