आइएमई पेबाटै अब सामसङ फोन किस्ताबन्दीमा ‘बाई नाउ पे लेटर’

काठमाडौं । डिजिटल वालेट आइएमई पेले ‘बाई नाउ पे लेटर’ सेवा ल्याएको छ । सामसङका प्रिमियम फोन खरिद गर्न इच्छुक ग्राहकका लागि आइएमई पेले हुलास फिनसर्भ नामक कम्पनीसँग सहकार्य गरी यस्तो अफर ल्याएको हो । यस अन्तर्गत आइएमई पेका ग्राहकले ४० प्रतिशत वालेटबाट डाउनपेमेन्ट गरेर फोन किस्ताबन्दीमा खरिद गर्न सक्नेछन् । भौतिक रूपमा पसलमा गई […]

Sep 9, 2024 - 03:51
 0
आइएमई पेबाटै अब सामसङ फोन किस्ताबन्दीमा ‘बाई नाउ पे लेटर’

काठमाडौं । डिजिटल वालेट आइएमई पेले ‘बाई नाउ पे लेटर’ सेवा ल्याएको छ । सामसङका प्रिमियम फोन खरिद गर्न इच्छुक ग्राहकका लागि आइएमई पेले हुलास फिनसर्भ नामक कम्पनीसँग सहकार्य गरी यस्तो अफर ल्याएको हो ।

यस अन्तर्गत आइएमई पेका ग्राहकले ४० प्रतिशत वालेटबाट डाउनपेमेन्ट गरेर फोन किस्ताबन्दीमा खरिद गर्न सक्नेछन् ।

भौतिक रूपमा पसलमा गई किस्ताबन्दीमा फोन खरिद गर्दा अनेक झन्झट हुने गर्छन् । आइएमई पेमा केवाईसी भेरिफाई गरिसकेका ग्राहकले भने आफ्नो नागरिकताको कागजात, पासपोर्ट साइज फोटो, साँची बसिदिने व्यक्तिको कागजात सब्मिट गर्नुपर्ने हुन्छ ।

योग्य व्यक्तिले आइएमई पेको एपबाट आफूलाई उपयुक्त हुने फोन छान्नुपर्नेछ । त्यसपछि फोनको मूल्यको ४० प्रतिशत रकम आइएमईपेबाट भुक्तानी गर्नुपर्छ । यति गरेपछि ग्राहकको नजिकको सामसङ स्टोरबाट फोन आउँछ । स्टोरमा भने किस्ताबन्दीका लागि ग्राहकले ३, ६, ९ वा १२ महिनामध्ये एक विकल्प छान्नुपर्ने हुन्छ ।

सुरुवाती चरणमा कम्पनीले यो सुविधा काठमाडौं, ललितपुर र भक्तपुरमा स्थायी बसोबास गर्ने व्यक्तिलाई उपलब्ध गराउन थालेको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register