मंगलबार ६.९० अंकले बढ्यो नेप्से परिसूचक

काठमाडौँ । साताको कारोबारको तेश्रो दिन मंगलबार सेयर बजार मापक नेप्से परिसूचक बढेको छ । आज नेप्से परिसूचक ६.९० अंकले बढेर २८३०.१६ बिन्दुमा पुगेको छ । नेप्सेमा ३ सय २८ कम्पनीको ३ करोड ५ लाख ९९ हजार ८ सय ९० कित्ता सेयर खरिद बिक्री हुँदा १३ अर्बमाथिको सेयर कारोबार भएको छ । मंगलबार सबैभन्दा धेरै […]

Sep 3, 2024 - 10:41
 0
मंगलबार ६.९० अंकले बढ्यो नेप्से परिसूचक

काठमाडौँ । साताको कारोबारको तेश्रो दिन मंगलबार सेयर बजार मापक नेप्से परिसूचक बढेको छ । आज नेप्से परिसूचक ६.९० अंकले बढेर २८३०.१६ बिन्दुमा पुगेको छ ।

नेप्सेमा ३ सय २८ कम्पनीको ३ करोड ५ लाख ९९ हजार ८ सय ९० कित्ता सेयर खरिद बिक्री हुँदा १३ अर्बमाथिको सेयर कारोबार भएको छ । मंगलबार सबैभन्दा धेरै कारोबार एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेडको भएको छ । यस कम्पनीको ३४ करोड ७२ लाख २३ हजार २ सय ७३ रुपैयाँ ६० पैसा बराबरको सेयर कारोबार भएको छ ।

एनएलजी इन्स्योरेन्सको सेयर मूल्यमा पोजेटिभ सर्किट समेत लागेको छ । आजको बजारमा ७ कम्पनीको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ ।

यता, हिमालयन पावर पार्टनरका लगानीकर्ताले भने सबैभन्दा धेरै गुमाएका छन् । यस कम्पनीको सेयर मूल्य ८ प्रतिशतभन्दा धेरैले घटेको हो ।

 

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register