उपभोक्ताले तिरेको भ्याटको दश प्रतिशत रकम फिर्ता हुने

काठमाडौं । उपभोक्ताले विद्युतीय माध्यमबाट मूल्य अभिवृद्धि कर (भ्याट) तिर्दा १० प्रतिशत रकम फिर्ता पाउने भएका छन् । सोमबार आन्तरिक राजस्व विभागले एक पत्र जारी गर्दै सेवा खरिदमा विद्युतीय माध्यमबाट भुक्तानी गरेमा करको दश प्रतिशत रकम फिर्ता दिइने जनाएको हो । उक्त निर्णय भदौ २१ गते शुक्रबार गरिएको थियो । जसमा मदिरा पिउने केन्द्र (बार)बाट […]

Sep 9, 2024 - 08:07
 0
उपभोक्ताले तिरेको भ्याटको दश प्रतिशत रकम फिर्ता हुने

काठमाडौं । उपभोक्ताले विद्युतीय माध्यमबाट मूल्य अभिवृद्धि कर (भ्याट) तिर्दा १० प्रतिशत रकम फिर्ता पाउने भएका छन् । सोमबार आन्तरिक राजस्व विभागले एक पत्र जारी गर्दै सेवा खरिदमा विद्युतीय माध्यमबाट भुक्तानी गरेमा करको दश प्रतिशत रकम फिर्ता दिइने जनाएको हो ।

उक्त निर्णय भदौ २१ गते शुक्रबार गरिएको थियो । जसमा मदिरा पिउने केन्द्र (बार)बाट प्रदान गरिने सेवा, चमेना गृह (रेस्टुरेन्ट)बाट प्रदान हुने सेवा तथा सबै प्रकारका होटेल, मोटल, लज, गेस्टहाउस व्यवसायहरूबाट प्रदान गरिने सेवाहरूमा उपभोक्ताले तिरेको मूल्य अभिवृद्धि करको १० प्रतिशत फिर्ता हुनेछ ।

विभागले जारी गरेको सूचनामा भनिएको छ,‘अभिवृद्धि कर ऐन, २०५२ को दफा २५ को उपदफा ९१० को खण्ड ९ख० मा “कुनै उपभोक्ताले विभागले सूचना प्रकाशन गरी निर्धारण गरेको वस्तु तथा सेवा खरिद गर्दा त्यस्तो खरिदको मूल्य प्रचलित कानुन बमोजिम विद्युतीय माध्यमबाट भुक्तानी गरेमा निजलाई नगद प्रोत्साहन स्वरूप भुक्तानी गरेको करको दश प्रतिशत रकम विभागले तोकेको प्रक्रिया बमोजिम निजको बैंक खातामा फिर्ता गरिनेछ ।’

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register