सरकारको काम सन्तोषजनक छैन : पूर्वउपप्रधानमन्त्री लामिछाने

काठमाडौं । पूर्वउपप्रधानमन्त्रीसमेत रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले वर्तमान सरकारको काम सन्तोषजनक नरहेको बताएका छन् । आइतबार सुदूरपश्चिम प्रदेशको विस्तारित बैठकमा सहभागी हुन धनगढी पुगेका लामिछानेले विमानस्थलमा पत्रकारहरूसँग कुराकानी गर्दै यस्तो बताएका हुन् । “सरकारको काम सन्तोषजनक त छैन तर, हामी १०० दिनको समय दिन्छौँ,” उनले भने, “अहिले हेरिरहेका छौँ । १०० […]

Sep 9, 2024 - 08:07
 0
सरकारको काम सन्तोषजनक छैन : पूर्वउपप्रधानमन्त्री लामिछाने

काठमाडौं । पूर्वउपप्रधानमन्त्रीसमेत रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले वर्तमान सरकारको काम सन्तोषजनक नरहेको बताएका छन् ।

आइतबार सुदूरपश्चिम प्रदेशको विस्तारित बैठकमा सहभागी हुन धनगढी पुगेका लामिछानेले विमानस्थलमा पत्रकारहरूसँग कुराकानी गर्दै यस्तो बताएका हुन् ।

“सरकारको काम सन्तोषजनक त छैन तर, हामी १०० दिनको समय दिन्छौँ,” उनले भने, “अहिले हेरिरहेका छौँ । १०० दिन पूरा भएपछि बोल्छौँ । सरकारले राम्रो गरोस् भन्ने चाहना छ । तर, त्यसखाले छनकचाहिँ देखिएको छैन ।”

फरक प्रसङ्गमा उनले सहकारी ठगी प्रकरणमा मा अरुले गरेको बदमासीको भारी आफैँले मात्रै नबोक्ने बताए ।

“म भएको बेला पैसा आएको भएर जिम्मेवारी लिनुपर्छ भन्नुभएको छ । म भएको बेला पैसा ल्याउने मान्छे को हो ? म भएकै बेलामा कसले ल्यायो । कसरी मिलेमतो थियो भन्ने सबै कुरा प्रहरी प्रतिवेदनमा उल्लेख छ । अरुको बदमासीको भारी म बोक्दिनँ,” उनले भने ।

अगाडि उनले भने, “अदालतमा मुद्दा जाँदा प्रतिवादी कायम भएका छन्, बिगो कामय भएको छ । कसले गलत काम गरेर त्यो पैसा सहकारीबाट गोरखा मिडियालगायतका ठाँउमा गएको भनेर सार्वजनिक भएको हो । त्यसमा रवि दोषी छ कि छैन भन्नेमा त्यसमा मैले चुनौतीका साथ भनेको छु, मलाई प्रमाणित गरिदिनुस् ।”

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register