रूससँग संयुक्त सैन्य अभ्यास गर्ने चीनको घोषणा

काठमाडौं । चीनले रुससँग संयुक्त सैन्य अभ्यास गर्ने भएको छ । नौसेना तथा वायु सेनाले रुसको तटमा रहेको जापानी सागर र ओखोत्स्कको सागर वरपरको आकाशमा संयुक्त अभ्यास–२०२४ मा भाग लिने चीनको रक्षा मन्त्रालयले जनाएको छ । चिनियाँ तथा रुसी सेनाबीचको रणनीतिक सहयोगलाई बलियो बनाएर सुरक्षा खतरासँग संयुक्तरूपमा सामना गर्ने क्षमता बढाउन अभ्यास गर्न लागिएको मन्त्रालयले […]

Sep 9, 2024 - 09:47
 0
रूससँग संयुक्त सैन्य अभ्यास गर्ने चीनको घोषणा

काठमाडौं । चीनले रुससँग संयुक्त सैन्य अभ्यास गर्ने भएको छ । नौसेना तथा वायु सेनाले रुसको तटमा रहेको जापानी सागर र ओखोत्स्कको सागर वरपरको आकाशमा संयुक्त अभ्यास–२०२४ मा भाग लिने चीनको रक्षा मन्त्रालयले जनाएको छ ।

चिनियाँ तथा रुसी सेनाबीचको रणनीतिक सहयोगलाई बलियो बनाएर सुरक्षा खतरासँग संयुक्तरूपमा सामना गर्ने क्षमता बढाउन अभ्यास गर्न लागिएको मन्त्रालयले उल्लेख गरेको छ ।

दुवै पक्षले संयुक्त समुद्री गस्तीका लागि ‘प्रशान्त महासागरको समुद्री क्षेत्र’मा नौसेना पठाउने छन् । चीनले रुसको ओसन–२०२४ रणनीतिक अभ्यासमा पनि भाग लिने छ ।

यसअघि जुलाईमा, दुई देशले चीनको गुआङ्गडोङ प्रान्तस्थित झानजियाङ सहर वरपरको पानी र हवाई क्षेत्रमा संयुक्त अभ्यास गरेका थिए ।

सन् २०२२ मा मस्कोले युक्रेनमा आक्रमण गर्नुअघि उनीहरूले सीमाविहीन साझेदारीको घोषणा गरेका थिए ।

गत महिना रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले मस्कोमा चिनियाँ प्रधानमन्त्री ली किआङसँगको भेटमा रुसको चीनसँगको आर्थिक र व्यापारिक सम्बन्ध ‘फलदायी’ भएको बताएका थिए । एएफपी

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register