एएफसी यू–२० एसियन कप : नेपाली टोलीको घोषणा

सोमबार मुख्य प्रशिक्षक उर्जन श्रेष्ठले नेपालको अन्तिम टोली घोषणा गरेका हुन् ।

Sep 9, 2024 - 09:55
 0
एएफसी यू–२० एसियन कप : नेपाली टोलीको घोषणा

काठमाडौं । एएफसी यू–२० एसियन कप छनोटका नेपालको अन्तिम टोली घोषणा गरिएको छ ।

सोमबार मुख्य प्रशिक्षक उर्जन श्रेष्ठले नेपालको अन्तिम टोली घोषणा गरेका हुन् । टोलीले सेप्टेम्बर २१ देखि २९ सम्म चाइनिज ताइपेईमा हुने प्रतियोगितामा प्रतिस्पर्धा गर्नेछ ।

नेपाल उज्वेकिस्तान, बहराइन, चाइनिज ताइपेई र कम्बोडियासँग समूह ‘बी’ मा रहेको छ ।

सेप्टेम्बर २१ मा नेपालले आफ्नो पहिलो खेल कम्बोडियासँग खेल्नेछ । सेप्टेम्बर २३ मा आयोजक चाइनिज ताइपेईसँग प्रतिस्पर्धा गर्नेछ । सेप्टेम्बर २५ मा हुने तेस्रो खेलमा नेपालले उज्वेकिस्तानसँग भिड्ने छ ।

नेपालले समूह चरणको अन्तिम खेलमा बहराइनसँग खेल्नेछ ।

अन्तिम टोली :

गोलकिपरः कृषल मोक्तान, अमित टमाटा, जियारथ शेख,

डिफेन्डरः आयुष तिम्सिना, अश्विन घोरासैनी, विक्रम तामाङ, निर्मल बल, दिपक थापा मगर, राम थापा, सविन घिमिरे, सेमन्त थापा,

मिडफिल्डरः अविनाश स्याङ्तान, प्रशान्त लक्छम, कुशल देउवा, लच्छु थापा, सरोज दारलामी,

फरवार्डः अनिल बोम्जन, निरज कार्की, समिर तामाङ, निरजन धामी, धनसिंह विक, धरबेन्द्र कुँवर, न्यामा वाङ्गेल तामाङ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register