कचनकवलमा असोज १४ देखि प्रथम तारावन कप

बनियानी, २ असोज । ताराबन युवा परिवार कचनकवल–७ को आयोजनामा प्रथम तारावन कप अन्तर क्लब स्तरीय नकआउट फुटबल प्रतियोगिता आगामी असोज १४ गतेबाट शुरू हुने भएको छ । झापा जिल्लाका १२ वटा क्लबहरूको सहभागिता रहने यस प्रतियोगितामा प्रथम पुरस्कारको राशी ४० हजार रुपैयाँ र उपविजेताले २५ हजार रुपैयाँ रहेको आयोजक समितिले आज पत्रकार सम्मेलन मार्फत [...] The post कचनकवलमा असोज १४ देखि प्रथम तारावन कप appeared first on Jhapa Online.

Sep 18, 2024 - 14:53
 0
कचनकवलमा असोज १४ देखि प्रथम तारावन कप

बनियानी, २ असोज । ताराबन युवा परिवार कचनकवल–७ को आयोजनामा प्रथम तारावन कप अन्तर क्लब स्तरीय नकआउट फुटबल प्रतियोगिता आगामी असोज १४ गतेबाट शुरू हुने भएको छ ।

झापा जिल्लाका १२ वटा क्लबहरूको सहभागिता रहने यस प्रतियोगितामा प्रथम पुरस्कारको राशी ४० हजार रुपैयाँ र उपविजेताले २५ हजार रुपैयाँ रहेको आयोजक समितिले आज पत्रकार सम्मेलन मार्फत जानकारी दिएको छ। प्रतियोगिताका खेलहरू दीपज्योति सामुदायिक वनको खेल मैदानमा हुने छन् ।

खेलको उद्देश्य समाजमा लागु दुर्व्यसनको न्यूनीकरण गर्न ध्यान केन्द्रित गर्नु रहेको आयोजक समितिले जनाएको छ। खेल समितिका अध्यक्ष सरण राई र सचिव दिलबहादुर पौडेलले प्रतियोगिताले खेलकुदप्रति युवाहरूको आकर्षण बढाउँदै सकारात्मक परिवर्तन ल्याउने विश्वास व्यक्त गरेका छन्।

The post कचनकवलमा असोज १४ देखि प्रथम तारावन कप appeared first on Jhapa Online.

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register