पल्सर अवार्ड : चार विधाको मनोनयन सार्वजनिक

काठमाडौं । नेपाली खेलकुदको प्रतिष्ठित ‘एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड, २०८०’ को वर्ष पुरुष, महिला, युवा खेलाडी तथा प्रशिक्षक गरी चार विधाको मनोनयन सार्वजनिक गरिएको छ । नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ)द्वारा सोमबार आयोजित पत्रकार सम्मेलनमार्फ २१औं संस्करणको अवार्डको चार विधाको मनोनयन सार्वजनिक गरिएको हो । चार विधातर्फ उत्कृष्ट पाँच/पाँच खेलाडी र प्रशिक्षक मनोनयनमा परेका हुन् […]

Sep 9, 2024 - 11:11
 0
पल्सर अवार्ड : चार विधाको मनोनयन सार्वजनिक

काठमाडौं । नेपाली खेलकुदको प्रतिष्ठित ‘एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड, २०८०’ को वर्ष पुरुष, महिला, युवा खेलाडी तथा प्रशिक्षक गरी चार विधाको मनोनयन सार्वजनिक गरिएको छ ।

नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ)द्वारा सोमबार आयोजित पत्रकार सम्मेलनमार्फ २१औं संस्करणको अवार्डको चार विधाको मनोनयन सार्वजनिक गरिएको हो ।

चार विधातर्फ उत्कृष्ट पाँच/पाँच खेलाडी र प्रशिक्षक मनोनयनमा परेका हुन् । उक्त अवार्डका लागि पुरुषतर्फ क्रिकेटका दीपेन्द्रसिंह ऐरी र रोहितकुमार पौडेल, करातेका मोहम्मद शेख आलम, फुटबलका अनन्त तामाङ र गल्फका सुवास तामाङ मनोनयनमा परेका छन् ।

त्यस्तै महिलातर्फ करातेकी एरिका गुरुङ, फुटबलकी सावित्रा भण्डारी, क्रिकेटकी रुविना क्षेत्री, एथ्लेटिक्सकी सन्तोषी श्रेष्ठ र कबड्डीकी मेनुका राजवंशी मनोनयनमा परेका छन् ।

विसं २०८० मा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगितामा गरेको प्रदर्शन र नतिजाका आधारमा उनीहरुलाई मनोनयनमा समावेश गरिएको हो । आयोजक मञ्चका महासचिव प्रज्ज्वल ओलीको संयोजकत्वमा गठित सात सदस्यीय छनोट समितिले वर्ष खेलाडी र प्रशिक्षकको छनोट गरेको हो ।

यसैगरी युवा वर्ष खेलाडीको मनोनयनमा अर्जुन कुमाल (क्रिकेट), हेमन्त पाल (भारोत्तोलन), प्रीति राई (फुटबल), सुजन गडाल (टेबलटेनिस) र सुनिरा थापा (टेनिस) छन् ।

यस्तै वर्ष उत्कृष्ट प्रशिक्षकतर्फ कविराज नेगी लामा (पारा तेक्वान्दो), कुशल श्रेष्ठ (कराते), मोन्टी देसाई (क्रिकेट), पार्वती राई (कबड्डी) र सञ्जय मर्हजन (भारोत्तोलन) मनोनयनमा परेका छन् ।

उक्त मनोनयनमा पर्नेमध्ये एकजना खेलाडी अवार्डबाट सम्मानित हुनेछन् । अवार्ड कार्यक्रम यही भदौ २८ गते कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा आयोजना हुँदैछ ।

छनोट समितिका संयोजक ओलीले यस वर्ष धेरै खेलाडी मनोनयनका लागि दाबेदार रहेकाले उत्कृष्ट पाँच छनोट गर्न कठिन भएको उल्लेख गर्दै मनोनयनमा समावेश सबै खेलाडी आफ्नो विजेताजस्तै रहेको प्रतिक्रिया दिए ।

यसअघि अवार्डको पिपुल्स च्वाइस विधा मनोनयन सार्वजनिक भइसकेको छ । पिपुल्स च्वाइसतर्फ फुटबलकी प्रीति राई, कबड्डीकी मानमति विष्ट, भलिबलकी कविता भट्ट, रग्बीका श्रीराम श्रेष्ठ र क्रिकेटका गुलसन झा मनोनयनमा परिसकेका छन् । यसको विजेता घोषणा गर्नका लागि ईसेवामार्फत मतदान, २९ खेलका प्रमुख प्रशिक्षकको मत, एनएसजेफका सदस्यको मत र पल्सर अवार्ड तथा पल्सर नेपालको आधिकारिक फेसबुक पेजमा प्राप्त लाइकलाई आधार मानिने छ ।

ईसेवाको मत भदौ २७ गते राति १२ बजेसम्म खुला रहनेछ ।

अवार्डका अन्य विधा पारा एथलिट सम्मान, स्पेसल अवार्ड, लाइफटाइम अचिभमेन्ट अवार्ड, टिम अफ दी इयर र एसियन स्पोर्ट्स जर्नालिस्ट अवार्डको घोषणा भने कार्यक्रमकै दिन गरिनेछ ।

यसपटक वर्ष पुरुष, महिला, युवा र प्रशिक्षक विधाको विजेताले पल्सर एनएस २०० मोटरसाइकल प्राप्त गर्नेछन् । पिपुल्स च्वाइस विधाको विजेताले भने पल्सर एनएस ४०० मोटर बाइक जित्नेछन् । अन्य विधाका विजेतालाई जनही रु एक लाख र गिफ्ट ह्याम्पर प्रदान गरिनेछ । रासस

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register