सिरहामा दुई लघुवित्तमा आगजनी

जनकपुरधाम । सिरहामा दुई लघुवित्त संस्थामा महिला समूहले आगजनी गरेका छन् । गोलबजार नगरपालिका–७ स्थित सिर्जनशील लघुवित्त र जीवन विकास लघुवित्त चोहर्वा शाखामा महिला समूहले मंगलबार आगजनी गरेको हो । त्यसक्रममा कार्यालयका कागजात तथा कम्प्युटर, ल्यापटप, मोबाइलजस्ता उपकरण जलेर नष्ट भएका छन् । २० जनाको समूहमा आएका महिलाहरूले सिर्जनशील लघुवित्तको कार्यालयभित्रै ल्यापटप दुई थान र […]

Aug 27, 2024 - 12:11
 0
सिरहामा दुई लघुवित्तमा आगजनी

जनकपुरधाम । सिरहामा दुई लघुवित्त संस्थामा महिला समूहले आगजनी गरेका छन् ।

गोलबजार नगरपालिका–७ स्थित सिर्जनशील लघुवित्त र जीवन विकास लघुवित्त चोहर्वा शाखामा महिला समूहले मंगलबार आगजनी गरेको हो ।

त्यसक्रममा कार्यालयका कागजात तथा कम्प्युटर, ल्यापटप, मोबाइलजस्ता उपकरण जलेर नष्ट भएका छन् ।

२० जनाको समूहमा आएका महिलाहरूले सिर्जनशील लघुवित्तको कार्यालयभित्रै ल्यापटप दुई थान र टेबलमा भएका सम्पूर्ण कागजात नियन्त्रणमा लिएर जलाएको संस्थाका अध्यक्ष राजकुमार श्रेष्ठले जानकारी दिए ।

उनका अनुसार दुई/तीन जनाका दरले ग्राहकजस्तै भएर आएका महिलाले एक्कासी कागजात र ल्यापटप नियन्त्रणमा लिएर जलाएका थिए ।

यसैगरी जीवन विकास लघुवित्तमा पनि दुई वटा डेक्सटप कम्प्युटर कामै नलाग्नेगरी फुटाइएको र विभिन्न कागजात नियन्त्रणमा लिइएको बताइएको छ ।

लघुवित्त तथा वित्तीय शोषणविरूद्धको संघर्ष समिति, नेपालले घटनाको जिम्मा लिएको छ ।

सरकार र संघर्ष समितिको कार्यदलले बनाएको प्रतिवेदन लघुवित्तले कार्यान्वयन नगरेकाले आफूहरू संघर्षमा जान बाध्य भएको उक्त समितिका मधेस प्रदेश अध्यक्ष अर्जुन विश्वकर्माले बताए ।

उनले भने, ‘अर्थ मन्त्रालय, राष्ट्र बैंकका प्रतिनिधि र संघर्ष समितिले मिहेनत गरेर बनाएको प्रतिवेदन कार्यान्वयन भएन । पीडितहरूले पीडा खप्न नसकेपछि आजको कारबाही भएको हो ।’

आगलागीमा संलग्न रहेको आरोपमा करिब १० जना महिलालाई नियन्त्रणमा लिइएको इलाका प्रहरी कार्यालय गोलबजारका प्रमुख प्रहरी निरीक्षक सुनिल कार्कीले जानकारी दिए ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register