कांग्रेसमा विचार र आचरणको बहस आवश्यक छ : नैनसिंह महर

काठमाडौं ।  नेपाली कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरले पार्टीमा विचार र आचरणको बहस गर्नुपर्ने बेला भएको बताएका छन् । १११ औं बिपी जयन्तीका अवसरमा नेपाली कांग्रेस सुर्खेतद्वारा आयोजित ‘बिपी चिन्तन र वर्तमान राजनीति’ विषयक विमर्शमा उनले यस्तो बताएका हुन् ।  ‘६ हजार ७४३ वटै वडामा पार्टीलाई बलियो बनाउने गरी साङ्गठनिक अभियानमा चलाउने निर्णय गरेको छ […]

Sep 9, 2024 - 12:45
 0
कांग्रेसमा विचार र आचरणको बहस आवश्यक छ : नैनसिंह महर

काठमाडौं ।

 नेपाली कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरले पार्टीमा विचार र आचरणको बहस गर्नुपर्ने बेला भएको बताएका छन् । १११ औं बिपी जयन्तीका अवसरमा नेपाली कांग्रेस सुर्खेतद्वारा आयोजित ‘बिपी चिन्तन र वर्तमान राजनीति’ विषयक विमर्शमा उनले यस्तो बताएका हुन् । 

‘६ हजार ७४३ वटै वडामा पार्टीलाई बलियो बनाउने गरी साङ्गठनिक अभियानमा चलाउने निर्णय गरेको छ । यो अभियानमा पार्टी संगठनमा ताजकी ल्याउनका साथै विचार र आचारको बहसलाई वडा तहसम्मै लैजान आवश्यक छ,’ महरले भने । 

भदौ १६ गतेको केन्द्रीय समिति बैठकले सय दिने साङ्गठनिक अभियान सञ्चालन गर्ने निर्णय गरेको भन्दै पार्टीको विचारमा पनि प्रस्टता ल्याउने अभियानलाई उपयोग गर्नुपर्ने महरले बताए । ‘नेपाली कांग्रेस, नेकपा एमाले, माओवादी केन्द्र लगायतका प्रमुख दलहरु सैद्धान्तिक रुपमा फरक भएपनि व्यवहारमा एउटै देखिए भन्ने आम मानिसको बुझाइ छ । कांग्रेस र अन्य दलभन्दा फरक छ भनेर हामीले व्यवहारबाटै देखाउनुपर्छ । असोज १ बाट सुरु भएर पुस १० गतेसम्म सय दिन चल्ने अभियानमा विचार र व्यवहारमा हामी फरक हौं भनेर जानुपर्छ,’ उनले भने ।

बिपी कोइरलाले कांग्रेसलाई अन्य पार्टीभन्दा विचार र व्यवहारले नै फरक देखाएको भन्दै आज पनि कांग्रेसमा त्यस्तै । तर, पछिल्लो समय पार्टीमा विचारको बहस हराएको छ । पार्टीको प्रमुख लक्ष्य सत्ताभन्दा पनि जनता हो । जनतामुखी विचार र दृष्टिकोण राखेर हामी अगाडि बढिरहेका छौ कि छैनौं भन्ने मूल प्रश्न हो । हाम्रो व्यवहार जनतालाई मन परेको छ कि छैन ?,’ 

नेकपा एमालेसँग सत्ता सहकार्य गरे पनि प्रतिस्पर्धा पनि उसैसँग हुने भन्दै कांग्रेसको संगठनमा जागरणको खाँचो महरले औल्याए । ‘पुराना दल सबै खराब हुने भन्ने भाष्य निर्माणको प्रयास भइरहेको छ । त्यसलाई चिर्नुपर्ने आजको हाम्रो चुनौती हो । यो देशको विगत, वर्तमान र भविष्य नै नेपाली कांग्रेस हो भन्ने कुरा नेपाली जनतालाई बुझाउनुपर्छ । सत्तामा भएका साथीहरुले कामबाट यसको जवाफ दिनुपर्छ,’ उनले भने । नयाँ राजनीतिक दल स्थापनाको २ वर्षमै नांगिएको भन्दै मुलुकमा कांग्रेसको विकल्प नभएको महरको भनाइ थियो ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register