बालिकालाई बन्धक बनाउने सासंद शर्मालाई कारबाही गर्न थाकसको माग

काठमाडौं । बालिकालाई बन्धक बनाएर श्रमशोषण गरेको भन्दै लुम्बिनी प्रदेशसभा सदस्य रेखा शर्मालाई कारबाही गर्न थारू कल्याणकारिणी सभा (थाकस)ले माग गरेको छ । थाकसका महामन्त्री प्रेमीलाल चौधरीले विज्ञप्ती जारी गर्दै बालिकालाई बँधुवा मजदुर सरह राख्ने शर्मालाई कारबाही गरी बालिकालाई उचित क्षतिपूर्तिसमेत माग गरेका हुन् । उनले बालिकालाई पीडा दिने दोषीबारे छानबिन गरी कारबाही र क्षतिपूर्ति […]

Sep 9, 2024 - 12:35
 0
बालिकालाई बन्धक बनाउने सासंद शर्मालाई कारबाही गर्न थाकसको माग

काठमाडौं । बालिकालाई बन्धक बनाएर श्रमशोषण गरेको भन्दै लुम्बिनी प्रदेशसभा सदस्य रेखा शर्मालाई कारबाही गर्न थारू कल्याणकारिणी सभा (थाकस)ले माग गरेको छ ।

थाकसका महामन्त्री प्रेमीलाल चौधरीले विज्ञप्ती जारी गर्दै बालिकालाई बँधुवा मजदुर सरह राख्ने शर्मालाई कारबाही गरी बालिकालाई उचित क्षतिपूर्तिसमेत माग गरेका हुन् ।

उनले बालिकालाई पीडा दिने दोषीबारे छानबिन गरी कारबाही र क्षतिपूर्ति नदिए देशभरका थारू समुदाय आन्दोलनमा उत्रिने चेतावनीसमेत दिए।

सांसदको घरमा बालिका ‘नोकर्नी’: सबैले खान्थे मासुभात तर, उनको भाग कुकुरलाई (भिडिओ)

काठमाडौं महानगरपालिकामा प्रशिक्षार्थी विद्यार्थीले काठमाडौंका सामुदायिक विद्यालयमा पढिरहेका तर, बाबुआमा साथमा नभएका बालबालिका बारे सर्वेक्षण गर्ने क्रममा एक नाबालिकालाई लुम्बिनी प्रदेश सभा सदस्य रेखा शर्माको निवासमा श्रमशोषण गरेर राखेको खुलेको थियो ।

६ वर्षदेखि सांसद शर्माको घरमा रहेर काम गरिरहेकी ती नाबालिकाले आफूलाई यातना समेत दिएको बताएपछि काठमाडौं महानगरपालिकाले प्रदेश सांसद शर्माविरुद्ध प्रहरीमा उजुरी दिएर उद्धार गरेको थियो ।

बालेन र ओलीबीच झगडाको केन्द्रमा रहेकी एमाले सांसद रेखा शर्माको कसुर के हो ? सरकारले किन जोगाउँदै छ ? (भिडिओ)

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register