पहिचान नखुलेका पुरुषको शव भेटियो

गुलरिया । बर्दियामा पहिचान नखुलेका एक पुरुषको शव फेला परेको छ । ठाकुरबाबा नगरपालिका–२ स्थित कर्णाली नदी किनारमा आज अन्दाजी ३०—३५ वर्षीय पुरुषको शव भेटिएको प्रहरीले जनाएको छ । पाँच फिट पाँच ईन्च उचाइ भएको, सडीगली अनुहार नचिनिने अवस्थाको पुरुषको शव फेला परेको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी नायब उपरीक्षक तुल्सीराम अर्यालले जानकारी दिए । […]

Sep 9, 2024 - 17:51
 0
पहिचान नखुलेका पुरुषको शव भेटियो

गुलरिया । बर्दियामा पहिचान नखुलेका एक पुरुषको शव फेला परेको छ । ठाकुरबाबा नगरपालिका–२ स्थित कर्णाली नदी किनारमा आज अन्दाजी ३०—३५ वर्षीय पुरुषको शव भेटिएको प्रहरीले जनाएको छ ।

पाँच फिट पाँच ईन्च उचाइ भएको, सडीगली अनुहार नचिनिने अवस्थाको पुरुषको शव फेला परेको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी नायब उपरीक्षक तुल्सीराम अर्यालले जानकारी दिए । शव जिल्ला अस्पताल गुलरियामा राखिएको छ । मृतकको शव चिन्ने व्यक्तिलाई जिल्ला प्रहरी कार्यालय बर्दियामा खबर गर्न अनुरोध गरिएको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register