५० लाख युरो तिरेर जमानतमा छुटे टेलिग्रामका सीईओ दुरोभ 

काठमाडौँ । सामाजिक सञ्जाल टेलिग्रामका प्रमुख कार्यकारी अधिकृत (सीईओ) पावेल दुरोभ जमानतमा छुटेका छन् । गत महिना फ्रान्सबाट पक्राउ परेका दुरोभ ५० लाख युरो तिरेर जमानतमा छुटेका हुन् । उनलाई म्यासेजिङ एप सम्बन्धी अपराधमा वारेन्टसहित फ्रान्सेली प्रहरीले उनको आफ्नै जेटमा पेरिसको ले बोर्गे एयरपोर्टबाट पक्राउ गरेको थियो ।  रुस, युक्रेन लगायतका देशमा लोकप्रिय टेलिग्राममा ड्रग […]

Sep 10, 2024 - 04:11
 0
५० लाख युरो तिरेर जमानतमा छुटे टेलिग्रामका सीईओ दुरोभ 

काठमाडौँ । सामाजिक सञ्जाल टेलिग्रामका प्रमुख कार्यकारी अधिकृत (सीईओ) पावेल दुरोभ जमानतमा छुटेका छन् । गत महिना फ्रान्सबाट पक्राउ परेका दुरोभ ५० लाख युरो तिरेर जमानतमा छुटेका हुन् ।

उनलाई म्यासेजिङ एप सम्बन्धी अपराधमा वारेन्टसहित फ्रान्सेली प्रहरीले उनको आफ्नै जेटमा पेरिसको ले बोर्गे एयरपोर्टबाट पक्राउ गरेको थियो । 

रुस, युक्रेन लगायतका देशमा लोकप्रिय टेलिग्राममा ड्रग डिलदेखि डाटा चोरी र पोर्नेग्राफीसम्मको सामाग्री सार्वजनिक भएको रिपोर्टमा उल्लेख छ । त्यसलाई नियमन नगरेको बरु झन् प्रोत्साहन गर्न खोजेको दुरोभमाथि आरोप छ ।

जमानतमा छुटेपछि दुरोभले सामाजिक सञ्जाल एक्स (ट्वीटर)मार्फत आफ्नो प्रतिक्रिया सार्वजनिक गर्दै आफ्नो पक्राउप्रति अचम्म लागेको बताएका छन् । उनले टेलिग्राम प्लेटफर्मको प्रयोग गरेर तेस्रो पक्षले गरेको अपराधको दोष आफूमाथि थोपर्नु र चार्ज गर्नु गलत भएको बताएका छन् । 

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register