रुसविरुद्ध भारतीय गोला–बारुद प्रयोग गर्दै युक्रेन, इटलीमार्फत पठाइँदै

काठमाडौं । रुसले आफ्ना देशविरुद्ध युक्रेनले भारतीय गोला–बारुद प्रयोग गरिरहेको बताएको छ । अन्तराष्ट्रिय समाचार संस्था रोयटर्सका अनुसार भारतले यी हतियारहरू युरोपेली देशहरूलाई बेचेको थियो, तर अहिले युक्रेनले तिनको प्रयोग गरिरहेको छ । रिपोर्टमा दाबी गरिएको छ – रुसको विरोधका बावजुद पनि भारतले यसलाई रोक्ने प्रयास गरेको छैन । यसमा तीन भारतीय अधिकारीहरूको हवाला दिँदै […]

Sep 20, 2024 - 01:00
 0
रुसविरुद्ध भारतीय गोला–बारुद प्रयोग गर्दै युक्रेन, इटलीमार्फत पठाइँदै

काठमाडौं । रुसले आफ्ना देशविरुद्ध युक्रेनले भारतीय गोला–बारुद प्रयोग गरिरहेको बताएको छ । अन्तराष्ट्रिय समाचार संस्था रोयटर्सका अनुसार भारतले यी हतियारहरू युरोपेली देशहरूलाई बेचेको थियो, तर अहिले युक्रेनले तिनको प्रयोग गरिरहेको छ ।

रिपोर्टमा दाबी गरिएको छ – रुसको विरोधका बावजुद पनि भारतले यसलाई रोक्ने प्रयास गरेको छैन । यसमा तीन भारतीय अधिकारीहरूको हवाला दिँदै भनिएको छ –रुसले दुई पटक भारतसँग यसको गुनासो गरेको छ ।

भारतीय गोला–बारुद इटली र चेक गणतन्त्रमार्फत युक्रेन पुगिरहेका छन् । यी दुवै देशहरूले ठूलो मात्रामा भारतबाट गोला–बारुद किन्छन् । गत एक वर्षमा यिनै दुई देशहरूले भारतीय गोला–बारुद युक्रेन पठाएका छन् ।

भारतसँग रुसको गुनासो

रिपोर्ट अनुसार जुलाईमा रुसी विदेशमन्त्री सर्गेई लाभरोभ र भारतीय विदेशमन्त्री एस जयशंकरबीच बैठक भएको थियो । त्यसबेला यो मुद्दा उठाइएको थियो ।

समाचार एजेन्सीका अनुसार रुस र भारतको रक्षा मन्त्रालयले यससम्बन्धी प्रश्नको जवाफ दिएका छैनन् । तथापि, जनवरीमा विदेश मन्त्रालयका प्रवक्ता रणधीर जायसवालले एक पत्रकार सम्मेलनमा भनेका थिए –भारतले युक्रेनलाई तोपका गोलाहरू पठाएको वा बेचेको छैन ।

भारत सरकारका दुई स्रोतले रोयटर्सलाई बताएअनुसार युक्रेनले प्रयोग गरिरहेको गोला–बारुदको भारतले धेरै थोरै मात्रामा उत्पादन गरेको छ । एक अधिकारीले अनुमान गरेका छन् –युद्ध सुरु भएपछि किएभले किनेका गोला–बारुद अत्यन्त न्यून हो । यसको मात्रा १% पनि हुन छैन ।

सरकारी कम्पनीले बनाएको थियो ती गोला–बारुद

युरोपेली देशहरूले भारतीय गोला–बारुद युक्रेनलाई सहायताको रूपमा निःशुल्क दिएका हुन् वा बेचेका हुन् भन्ने विषय अझै पत्ता लागेका छैन । यी हतियारहरू यंत्र इन्डिया नामक सरकारी कम्पनीले बनाएका हुन् । यो कम्पनीको मुख्यालय नागपुरमा छ । यो कम्पनी अक्टोबर २०२१ मा स्थापना भएको थियो ।

भारतले हतियार निर्यातका लागि नियमहरू तय गरेको छ । यी नियमहरू अनुसार भारतबाट हतियार किन्ने देशले मात्र तिनको प्रयोग गर्न सक्छ । यदि हतियारहरू अन्य देशमा पठाइन्छन् भने कम्पनीले हतियारको डेलिभरी रोक्न सक्छ ।

हतियार पठाउनु भारतको लागि फाइदाजनक !

किंग्स कलेज लन्डनका दक्षिण एशिया सुरक्षा विशेषज्ञ वाल्टर लैडविगले भने –थोरै मात्रामा भारतीय गोला–बारुद युक्रेन पठाउनु भारतको लागि फाइदाजनक थियो । यसले भारतलाई पश्चिमी देशहरूलाई यो देखाउने मौका दिनेछ कि ऊ रुस–युक्रेन युद्धमा रुसको पक्षमा छैन र रुसको भारतको निर्णयहरूमा कुनै प्रभाव छैन ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register