कर्मचारीको मनपरी बढेपछि एक्सनमा सरकार, खाजा खाने निहुँमा घण्टौ बिताए कारबाही गरिने ! 

काठमाडौँ । सरकारले सरकारी कर्मचारीको खाजा समयमा कडाइ गर्ने भएको छ ।  खाजा समयमा नाममा कर्मचारीले घण्टौँ बिताइदिने प्रवृत्ति बढेको भन्दै व्यापक जनगुनासो आउन थालेपछी सरकारले सरकारी कर्मचारीको खाजा समयमा कडाइ गर्न थालेको हो ।  सामाजिक सञ्जाल फेसबुकमार्फत एक पोष्ट सार्वजनिक गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले खाजा खाने निहुँमा कर्मचारीले धेरै समय बिताउँदा कार्यालयको काम […]

Sep 10, 2024 - 04:31
 0
कर्मचारीको मनपरी बढेपछि एक्सनमा सरकार, खाजा खाने निहुँमा घण्टौ बिताए कारबाही गरिने ! 

काठमाडौँ । सरकारले सरकारी कर्मचारीको खाजा समयमा कडाइ गर्ने भएको छ । 

खाजा समयमा नाममा कर्मचारीले घण्टौँ बिताइदिने प्रवृत्ति बढेको भन्दै व्यापक जनगुनासो आउन थालेपछी सरकारले सरकारी कर्मचारीको खाजा समयमा कडाइ गर्न थालेको हो । 

सामाजिक सञ्जाल फेसबुकमार्फत एक पोष्ट सार्वजनिक गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले खाजा खाने निहुँमा कर्मचारीले धेरै समय बिताउँदा कार्यालयको काम प्रभावित भएको भन्दै त्यसमा कडाइ गरिने जानकारी दिएका छन् । 

उनले केही कार्यालयमा कर्मचारीहरुले खाजा खान १ घण्टा समय लिने गरेको पाइएकोले हरेक दिन सरकारी कार्यालयमा खाजा समय १ः३० बजेदेखि २ बजेसम्म (आधा घण्टा) कायम गरिएको बताएका छन् । 

खाजा समयमा कसैले यो नियम उल्लंघन गरे वा खाजा समयका नाममा घण्टौँ बिताएर कार्यालयको कामै प्रभावित गरेमा हेल्लो सरकारमा कम्प्लेन गर्न पनि ओलिले आग्रह गरेका छन् । 

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register