आफूलाई कारबाही गर्न पार्टीलाई भीम रावलको चुनौती

अछाम । नेकपा (एमाले) का नेता डा. भीम रावलले आफूलाई कारबाही गरेर देखाउन पार्टीलाई चुनौती दिएका छन् । मङ्गलबार यहाँ आयोजित पत्रकार सम्मेलनमा उनले यस्तो चुनौती दिएका हुन् । पार्टी शून्य अवस्थामा पुगेको भन्दै उनले पार्टीको हितमा बोल्न नछाड्ने बताएका छन् । “पार्टी शून्य अवस्थामा पुगेको छ । म जहिल्यै पार्टीको पक्षमा बोलिरहेको छु । […]

Sep 10, 2024 - 06:27
 0
आफूलाई कारबाही गर्न पार्टीलाई भीम रावलको चुनौती

अछाम । नेकपा (एमाले) का नेता डा. भीम रावलले आफूलाई कारबाही गरेर देखाउन पार्टीलाई चुनौती दिएका छन् । मङ्गलबार यहाँ आयोजित पत्रकार सम्मेलनमा उनले यस्तो चुनौती दिएका हुन् ।

पार्टी शून्य अवस्थामा पुगेको भन्दै उनले पार्टीको हितमा बोल्न नछाड्ने बताएका छन् । “पार्टी शून्य अवस्थामा पुगेको छ । म जहिल्यै पार्टीको पक्षमा बोलिरहेको छु । पार्टी विधि, सिद्धान्तमा चलोस् भन्ने ठान्छु । यसकै भरमा पार्टीले कारबाही गर्छ भने गरोस्, ठाडो चुनौती दिन चाहन्छु,” उनले भने ।

यसैबीच उनले नेकपा (एकीकृत समाजवादी) प्रवेश नगर्ने स्पष्ट पारे । उनले भने, “त्यो हल्ला मात्रै हो, सत्यता होइन । म जनताको चाहनाअनुरूप अगाडि बढ्ने हो ।”

उनले आफू देश र जनताको पक्षमा सधैँ रहने प्रतिबद्धता जनाएका छन् । देश र जनताको पक्षमा बोलिरहँदा आफूविरुद्ध गलत प्रवृत्ति लागिपरेको उनले बताए ।

“म त्यसप्रति जानकार छु,” उनले भने, “तर, म जनताको चाहनाअनुरूप काम गर्नेछु । म कसैको धम्कीसँग डराउन्न ।”

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register