सामूहिक हत्याको मुद्दा चलाउन हसिनालाई स्वदेश फर्काउने तयारी

काठमाडौं । बंगलादेशका लागि अन्तर्राष्ट्रिय फौजदारी न्यायाधीकरणले पूर्वप्रधानमन्त्री शेख हसिनालाई स्वदेश फर्काउन कदम चालिने बताएको छ । नवनियुक्त मुख्य अभियोजक मोहम्मद ताजुल इस्लामले हसिनालाई हालैका विद्यार्थी आन्दोलनका क्रममा भएको सामूहिक हत्याको आरोपमा मुद्दा चलाउन आवश्यक कदम चालिने बताएका हुन् । अगस्ट ५ मा सरकार विरोधी प्रदर्शन चरम सीमामा पुगेपछि हसिनाले प्रधानमन्त्री पदबाट राजीनामा दिन बाध्य […]

Sep 10, 2024 - 07:19
 0
सामूहिक हत्याको मुद्दा चलाउन हसिनालाई स्वदेश फर्काउने तयारी

काठमाडौं । बंगलादेशका लागि अन्तर्राष्ट्रिय फौजदारी न्यायाधीकरणले पूर्वप्रधानमन्त्री शेख हसिनालाई स्वदेश फर्काउन कदम चालिने बताएको छ ।

नवनियुक्त मुख्य अभियोजक मोहम्मद ताजुल इस्लामले हसिनालाई हालैका विद्यार्थी आन्दोलनका क्रममा भएको सामूहिक हत्याको आरोपमा मुद्दा चलाउन आवश्यक कदम चालिने बताएका हुन् ।

अगस्ट ५ मा सरकार विरोधी प्रदर्शन चरम सीमामा पुगेपछि हसिनाले प्रधानमन्त्री पदबाट राजीनामा दिन बाध्य भइन् र देश छोडेर भारत गएकी थिइन् ।

‘डेली स्टार’ अखबारले प्रमुख अभियोजक इस्लामलाई उद्धृत गर्दै भारतसँगको सुपुर्दगी सन्धिअनुसार पूर्वप्रधानमन्त्री हसिनालाई फिर्ता ल्याउन आवश्यक कदम चालिने जनाएको छ ।

हसिनालाई प्रदर्शनको क्रममा सामूहिक हत्याको आरोपमा मुद्दा चलाउने उनको भनाइ छ ।

ढाकाको न्यायाधीकरण परिसरमा पत्रकार सम्मेलनमा उनले भने, ‘जब अन्तर्राष्ट्रिय फौजदारी न्यायाधीकरणले आफ्नो काम पुनः सुरु गर्छ, हामी शेख हसिनालगायत सबै फरार अभियुक्तहरूविरुद्ध सामूहिक हत्या र मानवताविरुद्धको अपराधमा पक्राउ पुर्जी जारी गर्न आग्रह गर्नेछौं ।’

अन्तरिम सरकारका स्वास्थ्य सल्लाहकार नूरजहाँ बेगमका अनुसार हसिना नेतृत्वको सरकारविरुद्धको आन्दोलनका क्रममा एक हजारभन्दा बढीको मृत्यु भएको छ भने सयौं घाइते भएका छन् ।

बंगलादेशको अन्तर्राष्ट्रिय फौजदारी न्यायाधीकरणले गत महिना हसिना र अन्य नौ जनामाथि जुलाई १५ देखि अगस्ट ५ सम्म भएको विद्यार्थी आन्दोलनमा नरसंहार र मानवता विरुद्धको अपराधको आरोपमा अनुसन्धान सुरु गरेको थियो ।

इस्लामले न्यायाधीकरण र यसको अनुसन्धान टोलीलाई नयाँ न्यायाधीश र अनुसन्धानकर्ता नियुक्त गरेर पुनर्गठन गर्नुपर्ने बताए ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register