रुसी जासूस मानिने ह्वेलको मृत्यु, नर्वेमा भेटियो शव

काठमाडौं । रुसी जासूस मानिने सेतो बेलुगा ह्वेल ‘ह्वाल्दिमिर’को मृत्यु भएको छ । बीबीसीका अनुसार अगस्ट ३१ मा नर्वेको रिसाविका खाडीमा माछा मार्न गएका बुवाछोराले ह्वेलको शव तैरिरहेको भेटेका थिए । यो १४ फिट लामो ह्वेलको उमेर करिब १५ वर्ष थियो । वजन १ हजार २ सय २५ किलो थियो । ह्वेलको शव क्रेनले बाहिर […]

Sep 2, 2024 - 07:25
 0
रुसी जासूस मानिने ह्वेलको मृत्यु, नर्वेमा भेटियो शव

काठमाडौं । रुसी जासूस मानिने सेतो बेलुगा ह्वेल ‘ह्वाल्दिमिर’को मृत्यु भएको छ । बीबीसीका अनुसार अगस्ट ३१ मा नर्वेको रिसाविका खाडीमा माछा मार्न गएका बुवाछोराले ह्वेलको शव तैरिरहेको भेटेका थिए ।

यो १४ फिट लामो ह्वेलको उमेर करिब १५ वर्ष थियो । वजन १ हजार २ सय २५ किलो थियो । ह्वेलको शव क्रेनले बाहिर निकालिएको थियो ।

मृत्युको कारण भने खुल्न नसकेको तर, ठूलो डुङ्गाको ठक्करबाट मृत्यु भएको हुन सक्ने आशंका गरिएको छ । तर, उनको शरीरमा चोटपटकको निशान भने भेटिएको छैन ।

ह्वाल्दिमिर व्हेललाई पोस्टमार्टमका लागि पठाइएको छ। सन् २०१९ मा विश्वलाई पहिलो पटक यसबारे थाहा भएको थियो । यो रुसबाट ४१५ किलोमिटर टाढा नर्वेको इन्गोया टापुको तटमा भेटिएको थियो। यस क्षेत्रमा बेलुगा ह्वेल पाइँदैन, त्यसैले यसको निगरानी गर्न थालिएको थियो।

ह्वेलको नजिकबाट निरीक्षण गर्दा उनको घाँटीमा पट्टा देखियो । रुसी सहर सेन्ट पिटर्सबर्गको नाम लेखिएको शरीरमा क्यामेरासहितको मेसिन पनि राखिएको थियो । रूसी नौसेना ह्वेल प्रशिक्षणको लागी परिचित छ। यही कारणले गर्दा यसलाई रुसको जासूस ह्वेलको रुपमा लिइयो ।

पश्चिमी सञ्चारमाध्यममा ह्वाल्दिमिरको बारेमा दाबी गरिएको थियो कि यो ह्वेललाई जासुस बनाउन रुसी परियोजनाको हिस्सा थियो। तर, रुसले यसलाई कहिल्यै स्वीकार गरेन । ह्वेललाई नर्वेमा Hval भनिन्छ। त्यसपछि ह्वेल र रुसी राष्ट्रपतिको नाम मिलाएर सामाजिक सञ्जालमा भ्लादिमिर स्पाई ह्वेल भनिन थाल्यो ।

बेलुगा ह्वेलहरू सामान्यतया चिसो आर्कटिक महासागरमा बस्छन्। तर, भ्लादिमिर मानिसहरु माझ सजिलै परिचित भयो । उक्त ह्वेल डल्फिनजस्तै मानिससँग खेल्थ्यो ।

ह्वाल्दिमिरको सुरक्षा गर्ने नर्वेजियन गैरसरकारी संस्थाले भने, ”पछिल्ला केही वर्षमा धेरै तटीय क्षेत्रमा देखिएको थियो । हामीले चाँडै बुझ्यौं कि उ एकदमै शान्त स्वभावको छ । उसलाई मान्छेसँग खेल्न मन लाग्थ्यो। उसले हातको संकेतमा पनि प्रतिक्रिया दिन्थ्यो ।”

सामान्यतया बेलुगा ह्वेलको औसत उमेर ६० वर्ष मानिन्छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register