पोल्याण्ड पठाउने भन्दै तीन लाख ठग्ने महिला पक्राउ

काठमाडौँ । वैदेशिक रोजगारीका लागि पोल्याण्ड पठाइदिने भन्दै रकम ठगी गर्ने महिला पक्राउ परेकी छिन् । पक्राउ पर्नेमा काठमाडौँ जिल्ला दोखा नगरपालिका वडा नं.  ०३ मनकामना बस्ने ४४ वर्षीय कमला चुँडाल रहेकी छिन् । उनलाई काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यलयबाट खटिएको प्रहरी टोलीले भदौ २४ गते टोखा नगरपालिका वडा नं. ०३ मनकामनाबाट पक्राउ गरेको हो […]

Sep 10, 2024 - 08:19
 0
पोल्याण्ड पठाउने भन्दै तीन लाख ठग्ने महिला पक्राउ

काठमाडौँ । वैदेशिक रोजगारीका लागि पोल्याण्ड पठाइदिने भन्दै रकम ठगी गर्ने महिला पक्राउ परेकी छिन् । पक्राउ पर्नेमा काठमाडौँ जिल्ला दोखा नगरपालिका वडा नं.  ०३ मनकामना बस्ने ४४ वर्षीय कमला चुँडाल रहेकी छिन् ।

उनलाई काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यलयबाट खटिएको प्रहरी टोलीले भदौ २४ गते टोखा नगरपालिका वडा नं. ०३ मनकामनाबाट पक्राउ गरेको हो ।

चुँडालले एक जनालाई पोल्याण्ड पठाउने भन्दै तीन लाख रुपैयाँ ठगी गरेकी थिइन् ।  हाल उनलाई थप अनुसन्धान तथा आवश्यक कारवाहीका लागि वैदेशिक रोजगार विभाग पठाईएको प्रहरीले जनाएको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register