अर्थमन्त्रीले गरे कर्मचारी सञ्चय कोषको प्रशंसा

काठमाडौँ । उपप्रधान एवम् अर्थमन्त्री विष्णु पौडेलले कर्मचारी सञ्चय कोषको प्रशंसा गरेका छन् । ललितपुरको पुल्चोकस्थित कर्मचारी सञ्चय कोषको कार्यक्रमलाई सम्बोधन गर्दै अर्थमन्त्री पौडेलले कोषको प्रशंसा गरेका हुन् । उनले कर्मचारी सञ्चय कोषको अवस्था सही ढंगले चलेको बताएका छन् । उनले कर्मचारी सञ्चय कोषको प्रशंसा मात्रै गरेनन् बरु कोषप्रति सञ्चयकर्ताले राखेको विश्वास कायम राख्न आग्रह […]

Sep 10, 2024 - 08:23
 0
अर्थमन्त्रीले गरे कर्मचारी सञ्चय कोषको प्रशंसा

काठमाडौँ । उपप्रधान एवम् अर्थमन्त्री विष्णु पौडेलले कर्मचारी सञ्चय कोषको प्रशंसा गरेका छन् । ललितपुरको पुल्चोकस्थित कर्मचारी सञ्चय कोषको कार्यक्रमलाई सम्बोधन गर्दै अर्थमन्त्री पौडेलले कोषको प्रशंसा गरेका हुन् । उनले कर्मचारी सञ्चय कोषको अवस्था सही ढंगले चलेको बताएका छन् ।

उनले कर्मचारी सञ्चय कोषको प्रशंसा मात्रै गरेनन् बरु कोषप्रति सञ्चयकर्ताले राखेको विश्वास कायम राख्न आग्रह गरेका छन् ।

‘कर्मचारी सञ्चय कोषको अवस्था ठिकै ढंगले चलेको जानकारी पाएँ । राम्रो काम गर्नका लागि कुनै पनि सीमा तोकिएको छैन । तपाईहरुले कति धेरै काम गरेपछि चित्त बुझाउँनुहुन्छ । त्यसकारण राम्रो गर्नुभएको छ, राम्रो गर्नुस् ।’, अर्थमन्त्रीले भने, ‘सञ्चयकर्ताहरुले यो संस्थामाथि भरोसा गरेको छ । संस्थाको सबैभन्दा ठुलो भरोसा भनेको पनि सञ्चयकर्ता हो । उनीहरुको विश्वास संस्थाप्रति सवल हुँदै जानेगरी संस्थाले काम गर्नुपर्छ ।’

त्यस्तै, अर्थमन्त्री पौडेलले कोषमा नयाँ नयाँ प्रविधिको प्रयोग गर्दै जनशक्तिको आवश्यक सदुपयोग गर्नुपर्नेमा पनि जोड दिएका छन् ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register