किन विवादित भयो कंगना रनौतको ‘इमर्जेन्सी’ ?

काठमाडौं । बलिउड अभिनेत्री कंगना रनौत अहिले सत्तारुढ दल भारतीय जनता पार्टी (भाजपा) सांसद छन् । गत लोकसभा चुनावमा उनी हिमाञ्चल प्रदेशको मन्डी निर्वाचन क्षेत्रबाट भाजपाको टिकटमा विजयी भएकी थिइन् । केन्द्र सरकार भाजपाकै छ । तर, कंगनाले निर्माण गरेको सिनेमा ‘इमर्जेन्सी’ ले भने सेन्सर बोर्डको कैची सामना गर्नु परिरहेको छ । कंगनाको सिनेमा सेन्सर्ड […]

Sep 10, 2024 - 11:27
 0
किन विवादित भयो कंगना रनौतको ‘इमर्जेन्सी’ ?

काठमाडौं । बलिउड अभिनेत्री कंगना रनौत अहिले सत्तारुढ दल भारतीय जनता पार्टी (भाजपा) सांसद छन् । गत लोकसभा चुनावमा उनी हिमाञ्चल प्रदेशको मन्डी निर्वाचन क्षेत्रबाट भाजपाको टिकटमा विजयी भएकी थिइन् ।

केन्द्र सरकार भाजपाकै छ । तर, कंगनाले निर्माण गरेको सिनेमा ‘इमर्जेन्सी’ ले भने सेन्सर बोर्डको कैची सामना गर्नु परिरहेको छ । कंगनाको सिनेमा सेन्सर्ड बोर्डबाट पास हुन सकिरहेको छैन । बोर्डले सिनेमाका १० भन्दा बढी दृश्य परिवर्तन गर्न सूची बुझाइसकेको छ ।

‘इमर्जेन्सी’ कंगनाको राजनीतिक उद्देश्य प्रेरित सिनेमा हो । भाजपा प्रवेश गरेपछि उनले यो सिनेमा बनाउने निर्णय लिएकी थिइन् । कंगनाको दाबी छ, “इमर्जेन्सीले भारतीय राष्ट्रिय कांग्रेस र गान्धी परिवारको लोकतन्त्रप्रतिको झुटो प्रतिबद्धताको मुखुण्डो उतार्ने छ ।”

सन् १९७५ मा प्रधानमन्त्री इन्दिरा गान्धीले सङ्कटकाल लगाएकी थिइन् । यसको प्रभाव करिब २१ महिना रहेको थियो । यस घटनाले प्रधानमन्त्री इन्दिरा गान्धीलाई एक विवादास्पद व्यक्तित्व बनाएको थियो । भारतीय राजनीतिमा इन्दिरा गान्धीको सङ्कटकाल अहिले पनि एक ठूलो र ऐतिहासिक मुद्दा हो ।

कंगनाले सिनेमामा इन्दिरा गान्धीको शासनकाललाई चित्रण गर्न खोजेकी छन् । प्रधानमन्त्री गान्धीको भूमिका कंगना आफैँले गरेकी छन् । कंगनाको सिनेमा रिलिज भएपछि विपक्षी दल कांग्रेस नाङ्गिने र कमजोर हुने भन्दै भाजपापङ्क्ति उत्साहित देखिन्थ्यो ।

धेरैलाई लागेको थियो कि भाजपा शासनकालमा कांग्रेसको भण्डाफोर गर्ने सिनेमा सजिलै अनुमोदित हुनेछ । तर, बोर्डले सिनेमामा रहेका राष्ट्रिय सुरक्षा र साम्प्रदायिक सद्भावसम्बन्धी दृश्यमा आपत्ति जनाएको बताइन्छ ।

इन्दिरा गान्धी शासनकालको थप दुई महत्त्वपूर्ण घटना बंगलादेशको स्वतन्त्रता र पञ्जाबको खालिस्तान आन्दोलन थिए । यी घटनालाई कसरी देखाइएको छ कि छैन ? प्रदर्शन अघि थाहा हुने भएन ।

सिने समीक्षक भन्छन्, “इन्दिरा गान्धीलाई एक खराब प्रधानमन्त्री र लोकतन्त्र विरोधी नेतृका रूपमा चित्रण गर्नु सिनेमाको उद्देश्य भए पनि घटनाक्रमका जटिल पक्षलाई सन्तुलित रूपमा प्रस्तुत गर्न कंगनालाई हम्मे-हम्मे परेको छ ।”

इन्दिरा गान्धीको सङ्कटकालको अर्को महत्त्वपूर्ण पाटो आमाका नाममा कान्छा छोरा सञ्जय गान्धीले गरेको शक्तिको दुरुपयोग हो । कंगनाको सिनेमा ‘इमर्जेन्सी’ यो विषयमा अवश्य प्रवेश गरेको हुनुपर्दछ । सानो उमेरमै सञ्जय युवा कांग्रसको अध्यक्ष तथा लोकसभा सदस्य भएका थिए । ३३ वर्षको उमेरमा हवाई दुर्घटनामा उनको निधन भएको थियो ।

रोचक कुरा के छ भने तिनै सञ्जय गान्धीकी श्रीमती र छोरा भने आज भाजपाका नेता छन् । भाजपा नेता मेनका गान्धी र बरुण गान्धी सञ्जय गान्धीका श्रीमती र छोरा हुन् ।

कंगनाले कांग्रेसको भण्डाफोर गर्दा सञ्जय गान्धीका क्रियाकलापलाई कति महत्त्व दिएकी छन् ? यो पनि हेर्न योग्य पक्ष हुनेछ । सिनेमामा विशाक नायरले संजय गान्धीको भूमिका गरेका छन् ।

सिनेमा जुन १४ मा रिलिज हुने भनिएको थियो तर, हुन सकेन । सेप्टेम्बर ६ को दोस्रो मिति पनि टरेको छ । सिनेमाको प्रदर्शन मिति अहिले अनिश्चित बनेको छ ।

इन्दिरा गान्धीको भूमिका कंगना आफैँले गरेको सिनेमामा अर्का महत्त्वपूर्ण पात्र जयप्रकाश नारायणको भूमिकामा अनुपम खेर छन् । कंगनाले कथा र निर्देशनको जिम्मेवारी आफैँले सम्हालेकी थिइन् भने पटकथा रितेश शाहले लेखेका हुन् ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register