बबई सिँचाइको नहरले बगाउँदा बालिकाको मृत्यु

गुलरिया । बबई सिँचाइको नहरले बगाउँदा एक बालिकाको मृत्यु भएको छ । मृत्युहुनेमा बारबर्दिया नगरपालिका–९ कर्तनियाका तीन वर्षीया प्रिन्सा चौधरी रहेकी छिन् । बिहीबार साँझ घरबाट हराएकी बालिकाको खोजतलासका क्रममा गएराति नहरको किनारमा बालिकाको चप्पल फेलापरेको थियो । बालिकाको आज बिहान शव फेलापरेको बर्दिया जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक तुल्सीराम अर्यालले जानकारी दिए । […]

Aug 30, 2024 - 05:43
 0
बबई सिँचाइको नहरले बगाउँदा बालिकाको मृत्यु

गुलरिया । बबई सिँचाइको नहरले बगाउँदा एक बालिकाको मृत्यु भएको छ । मृत्युहुनेमा बारबर्दिया नगरपालिका–९ कर्तनियाका तीन वर्षीया प्रिन्सा चौधरी रहेकी छिन् ।

बिहीबार साँझ घरबाट हराएकी बालिकाको खोजतलासका क्रममा गएराति नहरको किनारमा बालिकाको चप्पल फेलापरेको थियो । बालिकाको आज बिहान शव फेलापरेको बर्दिया जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक तुल्सीराम अर्यालले जानकारी दिए ।

नहर किनारमा चप्पल फेलापरेपछि प्रहरीले बालिका नहरमा बगेको आशङ्कामा खोजी गर्दै जाँदा चप्पल भेटिएको स्थानबाट चार किलोमिटर पश्चिमतर्फ वडा नं ९ स्थित धोविनपुर भन्ने ठाउँमा बालिकाको शव भेटिएको बताइएको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register