अनशनस्थलबाटै पक्राउ परे पूर्वमुख्यमन्त्री कार्की

काठमाडौं । प्रहरीले कोशी प्रदेशका पूर्वमुख्यमन्त्री केदार कार्कीलाई अनशन स्थलबाटै पक्राउ गरेको  छ । प्रदेशसभा सचिवालय अगाडि अनशन बसेका पूर्वमुख्यमन्त्री केदार कार्कीलाई प्रहरी मंगलबार साँझ पक्राउ गरेको हो । कार्की १० वर्षमुनिका बालबालिकाको विशिष्टीकृत उपचार सेवा निशुल्क लगायतका  विभिन्न ९ वटा माग राख्दै मंगलबार दिउँसोदेखि आमरण अनशनमा बसेका थिए । जिल्ला प्रशासन कार्यालय मोरङले मंगलबार […]

Sep 10, 2024 - 15:51
 0
अनशनस्थलबाटै पक्राउ परे  पूर्वमुख्यमन्त्री कार्की

काठमाडौं । प्रहरीले कोशी प्रदेशका पूर्वमुख्यमन्त्री केदार कार्कीलाई अनशन स्थलबाटै पक्राउ गरेको  छ ।

प्रदेशसभा सचिवालय अगाडि अनशन बसेका पूर्वमुख्यमन्त्री केदार कार्कीलाई प्रहरी मंगलबार साँझ पक्राउ गरेको हो ।

कार्की १० वर्षमुनिका बालबालिकाको विशिष्टीकृत उपचार सेवा निशुल्क लगायतका  विभिन्न ९ वटा माग राख्दै मंगलबार दिउँसोदेखि आमरण अनशनमा बसेका थिए ।

जिल्ला प्रशासन कार्यालय मोरङले मंगलबार ३ बजेदेखि कोशी प्रदेश सभाको गेट अगाडिको उक्त क्षेत्रलाई निषेधित क्षेत्र घोषणा गरेको थियो ।

उनको समर्थनमा नेपाली कांग्रेसका नेता तथा कार्यकर्ताहरूकैबिच प्रहरीले कार्कीलाई  नियन्त्रणमा लिएको हो । त्यसक्रममा सुरक्षाकर्मी र कार्कीका समर्थकबिच झडपसमेत भएको बताइएको छ ।

झडपमा परेर केही अनशनकारी र सुरक्षाकर्मी घाइते भएको प्रहरीले जनाएको छ  ।  प्रहरीले केही व्यक्तिलाई पक्राउ समेत गरेको छ ।

 

 

 

 

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register