बिर्तामोड–२ ले दियो कृषि समूहलाई बंगरका पाठा

बिर्तामोड, २५ भदौ । बिर्तामोड नगरपालिकाले वडा नम्बर २ को पूर्णिमा कृषि समूहलाई बंगरका पाठा वितरण गरेको छ । नगरपालिकाको मेयर पकेट प्याकेज कार्यक्रम अन्तर्गत उक्त समूहलाई ३० वटा बंगुरका पाठा वितरण गरिएको हो । कार्यक्रमको नियमानुसार वडा नम्बर ९ को नमुना बंगुरपालन कृषक समूहले फिर्ता गरेको पाठा पूर्णिमा समूहलाई वितरण गरिएको हो । कार्यक्रममा [...] The post बिर्तामोड–२ ले दियो कृषि समूहलाई बंगरका पाठा appeared first on Jhapa Online.

Sep 10, 2024 - 15:48
 0
बिर्तामोड–२ ले दियो कृषि समूहलाई बंगरका पाठा

बिर्तामोड, २५ भदौ । बिर्तामोड नगरपालिकाले वडा नम्बर २ को पूर्णिमा कृषि समूहलाई बंगरका पाठा वितरण गरेको छ ।

नगरपालिकाको मेयर पकेट प्याकेज कार्यक्रम अन्तर्गत उक्त समूहलाई ३० वटा बंगुरका पाठा वितरण गरिएको हो । कार्यक्रमको नियमानुसार वडा नम्बर ९ को नमुना बंगुरपालन कृषक समूहले फिर्ता गरेको पाठा पूर्णिमा समूहलाई वितरण गरिएको हो ।

कार्यक्रममा बोल्दै नगर उप(प्रमुख नगेन्द्र प्रसाद संग्रौलाले नगरलाई माछामासुमा आत्मनिर्भर बनाउने योजना अनुसार मेयर पकेट प्याकेज कार्यक्रमलाई निरन्तरता दिएको बताउनु भयो । मेहेनत गर्दा वंगुरबाट मनग्य आम्दानी लिन सकिने भएकोले व्यवसायिक बन्न उहाँले आग्रह गर्नु भयो ।

यसैबीच वडा नम्बर २ का वडाअध्यक्ष किशोर पौडेलले बंगुरका पाठाबाट मनग्य आम्दानी लिनसकिनेमा आफु विश्वस्त रहेको बताउनु भयो । उहाँले आगामी दिनमा कृषक महिलाहरुको क्षमता विकासका लागि अन्य कार्यक्रमहरुको आयोजना गर्ने धारणा राख्नु भयो ।

नगरपालिकाले गएको आर्थिक वर्ष २०८०र८१ को कार्यक्रम अनुसार पाठा वितरण गरेको हो । कार्यक्रममा बोल्दै पशुपंछि तथा मत्स्य विकाश शाखा प्रमुख सावित्रा दाहालले आर्थिक वर्ष २०७४र७५ यता नगरपालिकाले १ करोड ४४ लाख रुपैयाँ बराबरको बंगुर र बाख्राका खोर निर्माणमा खर्च गरिसकेको जानकारी दिनुभयो । उहाँले बंगुरपालनबाट कृषकले मासिक ६० हजार देखि ३ लाख रुपैयाँसम्म आम्दानी गर्दै आएको बताउनु भयो ।

कार्यपालिका सदस्य तथा आर्थिक विकास समिति संयोजक संगिता सिवाको अध्यक्षतामा आयोजित कार्यक्रममा कार्यपालिका सदस्य तिला गौतम, वडा नम्बर २ का वडासदस्य ओमनाथ गौतम , चेतन बिमलीलगायतको उपस्थिति रहेको थियो ।

The post बिर्तामोड–२ ले दियो कृषि समूहलाई बंगरका पाठा appeared first on Jhapa Online.

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register