अनशनस्थलबाटै पक्राउ परे पूर्वमुख्यमन्त्री कार्की

काठमाडौं । प्रहरीले कोशी प्रदेशका पूर्वमुख्यमन्त्री केदार कार्कीलाई अनशन स्थलबाटै पक्राउ गरेको  छ । प्रदेशसभा सचिवालय अगाडि अनशन बसेका पूर्वमुख्यमन्त्री केदार कार्कीलाई प्रहरी मंगलबार साँझ पक्राउ गरेको हो । कार्की १० वर्षमुनिका बालबालिकाको विशिष्टीकृत उपचार सेवा निशुल्क लगायतका  विभिन्न ९ वटा माग राख्दै मंगलबार दिउँसोदेखि आमरण अनशनमा बसेका थिए । जिल्ला प्रशासन कार्यालय मोरङले मंगलबार […]

Sep 10, 2024 - 15:59
 0
अनशनस्थलबाटै पक्राउ परे पूर्वमुख्यमन्त्री कार्की

काठमाडौं । प्रहरीले कोशी प्रदेशका पूर्वमुख्यमन्त्री केदार कार्कीलाई अनशन स्थलबाटै पक्राउ गरेको  छ ।

प्रदेशसभा सचिवालय अगाडि अनशन बसेका पूर्वमुख्यमन्त्री केदार कार्कीलाई प्रहरी मंगलबार साँझ पक्राउ गरेको हो ।

कार्की १० वर्षमुनिका बालबालिकाको विशिष्टीकृत उपचार सेवा निशुल्क लगायतका  विभिन्न ९ वटा माग राख्दै मंगलबार दिउँसोदेखि आमरण अनशनमा बसेका थिए ।

जिल्ला प्रशासन कार्यालय मोरङले मंगलबार ३ बजेदेखि कोशी प्रदेश सभाको गेट अगाडिको उक्त क्षेत्रलाई निषेधित क्षेत्र घोषणा गरेको थियो ।

उनको समर्थनमा नेपाली कांग्रेसका नेता तथा कार्यकर्ताकैबीच प्रहरीले कार्कीलाई नियन्त्रणमा लिएको हो । त्यसक्रममा सुरक्षाकर्मी र कार्कीका समर्थकबीच झडपसमेत भएको थियो ।

झडपमा परेर केही अनशनकारी र सुरक्षाकर्मी घाइते भएको प्रहरीले जनाएको छ । प्रहरीले केही व्यक्तिलाई पक्राउ समेत गरेको छ ।

निषेधाज्ञाबीच प्रदेशसभा अगाडि पूर्वमुख्यमन्त्री कार्कीको अनशन सुरु

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register