काठमाडाैंकाे गेष्ट हाउसमा एक मृत फेला

काठमाडौं । काठमाडौँ महानगरपालिका–११ भोटेबहालस्थित निलगिरी गेष्ट हाउसमा मंगलबार दिउँसो एक जनाको शव भेटिएको छ । सो गेष्ट हाउसको तीन तलाको कोठ नम्बर ८ मा यही भदौ २२ गतेदेखि बस्दै आएका सर्लाहीको हरिपुर नगरपालिका–८ घर भएका ६५ वर्षीय शशीकुमार लाल कर्ण मृत भेटिएको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एवं प्रहरी उपरीक्षक नवराज अधिकारीले जानकारी दिए […]

Sep 10, 2024 - 18:21
 0
काठमाडाैंकाे गेष्ट हाउसमा एक मृत फेला

काठमाडौं ।

काठमाडौँ महानगरपालिका–११ भोटेबहालस्थित निलगिरी गेष्ट हाउसमा मंगलबार दिउँसो एक जनाको शव भेटिएको छ ।

सो गेष्ट हाउसको तीन तलाको कोठ नम्बर ८ मा यही भदौ २२ गतेदेखि बस्दै आएका सर्लाहीको हरिपुर नगरपालिका–८ घर भएका ६५ वर्षीय शशीकुमार लाल कर्ण मृत भेटिएको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एवं प्रहरी उपरीक्षक नवराज अधिकारीले जानकारी दिए ।

शव पोष्टमार्टमका लागि पठाइएको सो घटनाका सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register