पूर्वमुख्यमन्त्री कार्कीले गरे पुनः थाले अनसन

मोरङ । कोशी प्रदेश सरकारका पूर्वमुख्यमन्त्री केदार कार्कीले पुनः अनसन सुरु गरेका छन् । मंगलबार अपराह्न ४ बजेदेखि विराटनगर–७ स्थित देवकोटा चोकको वनखण्डी मन्दिर आगाडि अनसन सुरु गरेपछि उनलाई प्रहरीले निषेधित क्षेत्र उल्लङघन गरेको आरोपमा नियन्त्रणमा लिएको थियो । जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी उपरीक्षक नवराज कार्कीका अनुसार उनलाई नियन्त्रणमा लिइ घर पुर्‍याइएको थियो । […]

Sep 10, 2024 - 19:07
 0
पूर्वमुख्यमन्त्री कार्कीले गरे पुनः थाले अनसन

मोरङ । कोशी प्रदेश सरकारका पूर्वमुख्यमन्त्री केदार कार्कीले पुनः अनसन सुरु गरेका छन् ।

मंगलबार अपराह्न ४ बजेदेखि विराटनगर–७ स्थित देवकोटा चोकको वनखण्डी मन्दिर आगाडि अनसन सुरु गरेपछि उनलाई प्रहरीले निषेधित क्षेत्र उल्लङघन गरेको आरोपमा नियन्त्रणमा लिएको थियो ।

जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी उपरीक्षक नवराज कार्कीका अनुसार उनलाई नियन्त्रणमा लिइ घर पुर्‍याइएको थियो ।

“निषेधित क्षेत्रमा अनसन बसेपछि उहाँलाई नियन्त्रणमा लिइ उहाँकै घर लगेर छाडिएका थियौँ, अहिले निषेधित क्षेत्रभन्दा बाहिर बसेर उहाँले पुनः अनसन सुरु गर्नुभएको छ”, उनले भने ।

दश वर्षमुनिका बालबालिकाको विशिष्टिकृत उपचार सेवा निःशुल्क हुनुपर्नेलगायत माग राखेर पूर्वमुख्यमन्त्री कार्कीले आजदेखि अनसन सुरु गरेका हुन् ।

कार्कीले आज अपराह्न ४ बजेदेखि अनसन सुरु गर्ने घोषणा गरेपछि जिल्ला प्रशासन कार्यालयले विराटनगर–७ स्थित देवकोटा चोक आसपास क्षेत्रलाई निषेधित क्षेत्र घोषणा गरेको थियो । रासस

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register