नबिल बैंकलाई ब्राण्ड्स रिभ्यू म्यागजिनको ‘उत्कृष्ट व्यावसायिक बैंकिङ सेवा प्रदायक’ सम्मान

काठमाडौं । ब्राण्ड्स रिभ्यू म्यागजिनले नबिल बैंक लिमिटेडलाई ‘नेपाल २०२४ को उत्कृष्ट व्यावसायिक बैंकिङ सेवा प्रदायक’ का रूपमा सम्मान गरेको छ । विश्वभरका शीर्ष ब्राण्डहरूलाई सम्मान गर्दै आएको यस म्यागजिनले नबिल बैंकलाई उत्कृष्ट बैंकका रुपमा ठहर गरेको हो । उत्कृष्ट व्यावसायिक बैंकिङ सेवा प्रदायकका रूपमा सम्मानित गरिएकोमा गर्व लागेको उल्लेख गर्दै नबिल बैंकले भनेको छ […]

Sep 11, 2024 - 04:03
 0
नबिल बैंकलाई ब्राण्ड्स रिभ्यू म्यागजिनको ‘उत्कृष्ट व्यावसायिक बैंकिङ सेवा प्रदायक’ सम्मान

काठमाडौं । ब्राण्ड्स रिभ्यू म्यागजिनले नबिल बैंक लिमिटेडलाई ‘नेपाल २०२४ को उत्कृष्ट व्यावसायिक बैंकिङ सेवा प्रदायक’ का रूपमा सम्मान गरेको छ ।

विश्वभरका शीर्ष ब्राण्डहरूलाई सम्मान गर्दै आएको यस म्यागजिनले नबिल बैंकलाई उत्कृष्ट बैंकका रुपमा ठहर गरेको हो ।

उत्कृष्ट व्यावसायिक बैंकिङ सेवा प्रदायकका रूपमा सम्मानित गरिएकोमा गर्व लागेको उल्लेख गर्दै नबिल बैंकले भनेको छ – यो उपलब्धि हाम्रो उत्कृष्ट बैंकिङ सेवा प्रदान गर्ने प्रतिबद्धताको प्रमाण हो ।

ब्राण्ड्स रिभ्यु म्यागजिन लन्डनबाट प्रकाशित हुँदै आएको एक प्रमुख अनलाइन समाचार पोर्टल हो । यसले जीवनशैलीसम्बन्धी उत्पादनहरू, प्रविधि समाधानहरू, सम्पत्ति व्यवस्थापन सेवा तथा स्वास्थ्य, कल्याण र वातावरणसम्बन्धी सबै ताजा जानकारी दिँदै आएको छ । यो विलासिता, फेसन, र उच्च–स्तरीय उत्पादनहरूको लागि विश्वका केही ठूला ब्राण्डहरू अन्वेषणका लागि उपयुक्त प्लेटफर्म मानिँदै आएको छ ।

 

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register