पोखरामा गर्ने भनेको महायज्ञ भाँड्न खोजेको भन्दै विजय भण्डारीले दिए पत्रकार ढुङ्गानालाई धम्की

गण्डकी क्षेत्रका बासिन्दालाई ठग्न पोखरामा गर्न लागेको महायज्ञको विपक्षमा समाचार लेखेको भन्दै भण्डारीले न्यूज २४ टेलिभिजन गण्डकी ब्युरो प्रमुख सुमन ढुङ्गानालाई ह्वाट्एपमार्फत् धम्की दिएका हुन् ।

Sep 11, 2024 - 10:19
 0
पोखरामा गर्ने भनेको महायज्ञ भाँड्न खोजेको भन्दै विजय भण्डारीले दिए पत्रकार ढुङ्गानालाई धम्की

काठमाडौं । पशुपतिमा ‘कोटिहोम’ भन्दै गरिएको कार्यक्रममा भक्तजनले दिएको दानदक्षिणा कुम्लाएर पोखरा पुगेका विजय भण्डारीले अर्काे महायज्ञ भाँड्न खोजेको भन्दै पत्रकारलाई धम्की दिएका छन् ।

गण्डकी क्षेत्रका बासिन्दालाई ठग्न पोखरामा गर्न लागेको महायज्ञको विपक्षमा समाचार लेखेको भन्दै भण्डारीले न्यूज २४ टेलिभिजन गण्डकी ब्युरो प्रमुख सुमन ढुङ्गानालाई ह्वाट्एपमार्फत् धम्की दिएका हुन् ।

भण्डारीले प्रयोग गर्ने मोबाइलमा ह्वाट्एपमार्फत् धम्की आएको र म्यासेज हेरेलगतै मेटिएको पत्रकार ढुङ्गानाले बताएका छन् ।

पोखरा १७ ढुँगेसाँघु महतगौँडामा रहेको हरिहर सिद्धेश्वर मन्दिरको जग्गामा महायज्ञ गर्न भन्दै भण्डारीले मागेका थिए ।

ठगी मुद्दामा दोषी ठहर भएर जेल सजाय भोगेर निस्केका र पशुपतिमा समेत भक्तजन ठगेर आएर भण्डारीलाई जग्गा दिन नहुने भन्दै पत्रकार ढुंगानले समाचार प्रसारण गरेका थिए । आफूले गर्न लागेको काममा बाधा गरेको भन्दै धम्की आएको पत्रकार ढुङ्गानाले बताएका छन् ।

‘पशुपतिमा कथित कोटिहोम गरेर चर्चामा आयका ठगी आरोपी विजय भण्डारी उर्फ कृष्ण मुरारी महाराजले मलाई ह्वाट्एपमार्फत् धम्की दिएर तुरुन्तै म्यासेज डिलिट गरे । उनले पोखरामा गर्ने भनिएको ४५ दिने कोटिहोम र जग्गाको खोजिबारे होसियारी हुन तयारीको रिपोर्टिङ जो गरेको थिएँ र महाराज यो देशमा जनताको सरकार छ’ उनले भनेका छन् ।

पशुपतिपछि विजय भण्डारीको अर्को धन्दा पोखरामा, ४५ दिन महायज्ञ लगाउने भन्दै चन्दा सङ्कलन (भिडिओ)

यसअघि काठमाडौंमा कोटीहोम गर्ने क्रममा विजयकृष्ण मुर्ती महाराज भनेर चिनाउने उनै भण्डारीको समूहले तीनजना पत्रकार कुटेका थिए । नेपालभ्यूज डटकम, डीसी नेपाल डटकम र लोकतन्त्र टाइम्सका पत्रकार कुटिएका थिए ।

डेढ दशक अघिदेखि धार्मिक आवरणमा ठगी धन्दा चलाउँदै आएका भण्डारीले ४५ दिने महायज्ञ लगाउने भन्दै पोखरामा कमाउने योजना बनाइरहेका छन् ।

मन्दिरको जग्गा हाल एक स्कुलले भाडामा लिएको छ । सो जग्गामा महायज्ञ गर्न भन्दै भण्डारीको मानवसेवा फाउन्डेसनले जग्गा मागेको थियो । माघदेखि महायज्ञ लगाउने उनको तयारी थियो ।

तर भण्डारी विवादित छविका व्यक्ति भएको र नेपालभ्यूज डटकम, न्यूज २४ टेलिभिजनसहितका मिडियामा समाचार आएपछि विद्यालय र मन्दिर व्यवस्थापनले जग्गा दिएन ।

पक्राउ पर्ने डरले भागे विजय भण्डारी, छानबिन समितिमा दिएनन् बयान

पशुपतिमा महिना दिनसम्म महायज्ञ लगाउँदा दैनिक एक करोड रुपैयाँसम्म चन्दा उठेको थियो । त्यहाँबाट उत्साहित भएका भण्डारी अर्काे महायज्ञ लगाउन कस्सिएका छन् ।

ठगी मुद्दामा जेल सजाय भोगिसकेका भण्डारीविरुद्ध सरकारी कागज किर्ते, ज्यान मार्ने उद्योग तथा लुटपाट, प्राचीन स्मारक संरक्षण ऐन २०१३ विरुद्धको कसुरलगायतका जाहेरी प्रहरीमा परेका छन् ।

यसअघिका सबैजसो महायज्ञको रकम लिएर फरार हुँदै आएका भण्डारीले पशुपति कोटिहोमको हिसाब समेत सार्वजनिक गरेका छैनन् ।

सम्बन्धित समाचार

‘महाराज’को आवरणमा गुन्डाराज: भक्तजनको चन्दाबाट गुन्डालाई करोडौं, मजदुरलाई ज्याला पनि छैन (भिडिओ)

रिपोटर्स डायरी: महायज्ञमा ‘महाराज’को निशानामा परेर पनि उम्किएको त्यो रात !

आस्था र आलोचनाको दोसाँधमा पशुपति कोटिहोम, धर्मको आडमा धनको खेल !

धर्मको आवरणमा ठगी : विजय भण्डारीविरुद्ध पुरातात्त्विक सम्पदामा क्षति पुर्‍याएको अर्को मुद्दा आकर्षित

विजय भण्डारी: अमेरिकामा कोटिहोम लगाउने भन्दै ठगी, ठगेको पैसा महायज्ञको दानबाट फिर्ता गर्ने आश्वासन !

कोटिहोमको नाममा अराजकताः बङ्गलादेशभन्दा बेहाल बनाउने आयोजकको भड्काउ अभिव्यक्ति (भिडिओ)

पशुपति कोटिहोममा नेपालभ्युजकर्मी पुडासैनीमाथि हातपात, ज्यान मार्ने धम्की (भिडिओ)

नेपालभ्युजकर्मी पुडासैनीमाथि आक्रमण गर्नेलाई कारबाही गर्न महासंघको माग

मृत्युको मुखबाट फर्किएर जीवनको गीत गाउँदै राधिका दासी, जसको जीवनकथाले छोएको छ भक्तजनको हृदय !

रवाफ देखाएको भन्ने विवादमा देवी प्रतिभाको दाबी- १०\१२ होइन, म त ६०\७० बाउन्सरसँग हिँड्छु

पशुपति कोटिहोमको व्यासासनमा आचार्य कृष्ण दमाईँ, भक्तजनले भने- व्यक्तिको मूल्याङ्कन कर्मले हुन्छ

पशुपति कोटिहोम: लण्डनबाट आइन् अर्की सुन्दरी कथावाचिका चन्द्रकला सखी, भक्तजनको थप आकर्षण

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register