अवसरवादी चरित्रका बारेमा प्रश्न गर्नै पर्छ : बालेन

काठमाडौं । काठमाडौं महानगरका मेयर बालेन्द्र शाह (बालेन)ले प्रधानमन्त्री केपी शर्मा ओली र उनी नेतृत्वको पार्टीमा अवसरवादी चरित्र देखिएको आरोप लगाएका छन् । सामाजिक सञ्जाल फेसबुकमा आज प्रतिक्रिया दिँदै उनले राज्य संरचनामा नेकपा(एमाले)कै नेतृत्व हुँदा भएका निर्णय कार्यान्वयन गर्न खोज्दा रोक्ने नीति अवसरवादी भएको बताएका हुन् । मेयर बालेनले ‘उहिलै मरिन् सासु, अहिले आए आँशु […]

Sep 11, 2024 - 05:27
 0
अवसरवादी चरित्रका बारेमा प्रश्न गर्नै पर्छ : बालेन

काठमाडौं । काठमाडौं महानगरका मेयर बालेन्द्र शाह (बालेन)ले प्रधानमन्त्री केपी शर्मा ओली र उनी नेतृत्वको पार्टीमा अवसरवादी चरित्र देखिएको आरोप लगाएका छन् ।

सामाजिक सञ्जाल फेसबुकमा आज प्रतिक्रिया दिँदै उनले राज्य संरचनामा नेकपा(एमाले)कै नेतृत्व हुँदा भएका निर्णय कार्यान्वयन गर्न खोज्दा रोक्ने नीति अवसरवादी भएको बताएका हुन् ।

मेयर बालेनले ‘उहिलै मरिन् सासु, अहिले आए आँशु , यो चरित्रले कसरी देश बिगार्दैछ भन्ने उदाहरण’ भएको बताएका छन् । उनले अगाडि लेखेका छन् – म काठमाण्डौं महानगरको मेयरमा उम्मेदवारी दिन्छु कि भन्ने तपाईले थाहा पाउनुभन्दा पनि ३ वर्ष अगाडि न्यायाधीशद्वय डा. आनन्दमोहन भट्टराई र सपना प्रधान मल्लको इजलासले २०७६ साउन २० गते १२ बुँदे फैसला जारी गरी नदीतटको मापदण्ड थप २० मिटर कायम गर्न भनियो ।

त्यति बेला अहिले प्रधानमन्त्री रहेका खड्ग प्रसाद ओली नै प्रधानमन्त्री हुनुहुन्थ्यो । उहाँले नियुक्त गर्नु भएको महान्यायधिवक्ता अग्नि खरेल, उहाँकै पार्टी एमालेले बनाएको बागमतीको मुख्यमन्त्री डोरमणि पौडेल, उहाँकै पार्टी एमालेले बनाएको काठमाण्डौंको मेयर विद्यासुन्दर शाक्य । यी सबैले आफ्नो सचिव र सम्बन्धित कर्मचारी पठाएर तर्क गरे पछि, नदीतट उपयोगिताको योजना अदालतलाई देखाएपछि मात्र अदालतले त्यो फैसला गरेको थियो । अदालतको प्रक्रिया नै यहि हो । पक्ष विपक्ष दुवैको तर्क सुन्छ र फैसला गर्छ । यदि फैसला मन नपरेमा पुनरावेदन (भ्याकेट) गर्ने अधिकार रहन्छ ।

मेयर बालेनले आफ्नो स्टाटसमा थप लेखेका छन् –प्रधानमन्त्री खड्गप्रसाद ओली, बागमतीका मुख्यमन्त्री डोरमणि पौडेल, काठमाण्डौं महानगरका मेयर विद्यासुन्दर शाक्य कोही पनि सो फैसला पुनरावेदनका लागि गएनन् । यसको अर्थ हो, त्यो फैसलामा यी मध्ये कसैको असहमति रहेन । हामीले खोज्ने जवाफ यति हो, त्यो बेला किन पुनरावेदनमा गएनन् ? त्यो बेला हाम्रो बुद्धि पुगेन । अहिले हाम्रो दाउ अर्कै छ । उहिलै मरिन् सासु, अहिले आए आँशु किसिमको अवसरवादी चरित्र बारेमा प्रश्न गर्नै पर्छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register